Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्व:धॅामीको अन्त्योष्टी जापानमै सम्पन्न,अस्तु नेपाल पठाईने

स्व:धॅामीको अन्त्योष्टी जापानमै सम्पन्न,अस्तु नेपाल पठाईने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • १४:२३:४० बजे
  • 6.2K
    SHARES
  • स्व:धॅामीको अन्त्योष्टी जापानमै सम्पन्न,अस्तु नेपाल पठाईने

    सेन्दाई/ केही दिन पहिला जापानको सेन्दाईमा मृत्यु भएका बझांगका कुबेर धॅामीको जापानमै अन्त्योष्टि गरिएको छ।

    images

    सुदुरपश्चिम प्रदेशको बझांगमा स्थायी घर भै हाल अध्ययनको शिलशिलामा जापानको सेन्दाईमा बस्दै आएका स्व:धॅामी आफ्नै कोठामामृर्त अबस्थामा भेटिएका थिए।अत्यन्त मिलनसार,रमाईला र मेहनति धॅामी एक्कासी मृर्त अबस्थामा भेटिए पछी सुरुमा थुप्रै शंका आशंकाउठे पनि प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्टमा भने प्राकृतिक मृत्यु नै पुष्टी भएको थियो।

    यद्दपी स्व:धॅामीले अगष्ट ३ तारिक बाट १३ तारिक सम्म लगातार काम गरेको उनि काम गर्ने कम्पन्निले जनाएको छ।बिदेशीहरुलाई कम्पनीहरुमा काम लगाउने विल अफ फ्याक्ट्री नामको हाकेन कम्पनीबाट काम गरेका धॅामी जापान सरकारको labor law अनुसार ब्यक्तिले लगातार ६ दिन भन्दा बढी काम गर्न नपाउने अबस्थामा धॅामीले कसरी १० दिन लगातार काम गरे? उनलाई किन यसरी काम लगाईयो?यो बिषयमा भने रोजगारदाता कम्पनी केही बोलेको छैन तर यसको बारेमा पनि अनुसन्धान हुनुपर्ने जोडदार मागचॅाही नेपाली संघ संस्थाहरुले गरेका छन।

    धॅामीको मृत्यु पश्चात जापानमा क्रियाशिल संघ संस्थाहरु एनआरएनए सेन्दाई,सुदुरपश्चिम समाज सेन्दाइ लगाएतका संघ संस्थाहरुकोसमन्वय र सहकार्यमा शब ब्यबस्थापन तथा पिडामा परेका परिवारको सहयोगका उद्देश्यले सहयोग संकलन अभियान चलाईएको र त्यसबाट उठेको रकम बाट मृतक धॅामीको शबलाई नेपाल पठाउन पहल गरिएको थियो तर कोभिड लगाएतका कारणले शब नेपाल पठाउननसकिए पछी परिबारको अनुमतिमा यही अन्त्योष्टी गरिए पनि अस्तु चॅाही नेपाल पठाईने एनआरएनए का उपसंयोजक सन्दिप जिसीले जानकारी दिनु भयो।

    धेरै प्रयास गर्दा गर्दै पनि नेपाल पठाउन सकिएन अहिलेको अबस्था असाध्यै जटिल रह्यो तर अभियानबाट संकलित रकम स्व:धॅामीकोपरिवारको नाममा पठाएर पिडामा रहेका परिवारलाई थोरै भए पनि राहत दिेने तयारीमा छौ अबको १/२ दिनमै संकलित रकमको हरहिसाब गरेर परिवारलाई पठाउने एनआरएनए सेन्दाईको संयोजक हरि गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • # जापान
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology