कुवेतमा ४२ वर्षीय पुतली परियारको मृत्यु भएको छ । मृतक परियारको परिवार वा आफन्तलाई नेपाली दूतावास कुवेतको सम्पर्कमा आउन आग्रह गरेको छ ।
रोजगारीको लागि कुवेत गएकी साबिकको कुस्मा-११,गौरी टोल- पर्वत घर भएकी पुतली परियारको मृत्यु भएको हो ।अबैधानिक रुपमा कुवेत रहदै आएकी राहदानी नं-१०३०९३१७ की पुतली परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्यु भएको हो ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालका अनुसार "परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आईसकेको छ । सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिन्छ । तर उनको मृत्यु के कारणले भएको हो भन्ने आधिकारिक प्रमाण पत्र आईसकेको छैन।”
उहाले थप्नु भयो "पुतली परियारको परिवार वा आफन्तहरुलाई सम्पर्क गर्ने कोसिस गरिरहेका छौ ।घर परिवार वा आफन्त संग सम्पर्क भए पछि मृतकको शव नेपाल पठाउन आवश्यक कानुनी प्रकृयाका कार्य अगाडी बढाउने छौ ।"
मृतकको घर परिवारको सम्पर्क नम्बर कोही सङ्ग छ भने नेपाली राजदूताबास कुवेतको हटलाइन नं- ००९६५-९८८६९१२१ मा सम्पर्क गरी उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।