ओमान / विगत ८ वर्ष देखि ओमानको मस्कटमा ब्युटी पार्लरमा काम गर्दै आउनु भएको हेमा श्रेष्ठले १५ लाख नेपाली अर्थात ५ हजार ओमानी रियलमा आफ्नै शलुन तथा पार्लर खोल्न सफल हुनु भएको छ । ओमान मस्कट अमरात स्थित सरिफा हेयर ड्रेसिङ्ग एण्ड ब्युटी पार्लरको नाममा पार्लर उद्घाटन गरि आज देखि संचालन गरेको हेमा श्रेष्ठले गरेको बताउनु भयो ।

आफू ओमान आए देखि नै आफ्नै व्यावसाय गर्ने सोच बनाएको भए पनि विभिन्न समस्याको कारण अहिले आएर आफ्नै व्यावसाय सुरु गर्न पाउदा धेरै खुसि लागेको छ । धेरै नेपालीहरुले आफ्नो देशमा मात्रै होइन बिदेशमा आएर पनि लगानी गरि आफुले जानेको सिपलाई व्यावसायिक रुपमा अगाडि बढाउने गरेको छ्न ।

पुरुषहरूको हकमा सहज भए पनि महिलाको लागि खाडीमा लगानी गरेर आफ्नै व्यावसाय गर्न निकै जोखिम रहेको छ । फेरि पनि हेमा श्रेष्ठले आफ्नै बलबुटामा लगानी गरि व्यावसायलाई अगाडि बढाउनु भनेको चुनौतीपूर्ण रहे पनि ओमानमा कार्यरत रहेका नेपालीको लागि खुसीको कुरा हो ।

एउटा नेपाली चेलीले बिदेशमा आएर आफ्नै लगानीमा व्यावसाय गर्नु भनेको खुसीको कुरा हो । आगामी दिनमा नेपाली दाजु भाइ दिदिबहिनिहरुले पनि उहाँबाट शिक्षा लिन सकिन्छ ।