Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १२:५०:२२ बजे
  • 2.6K
    SHARES
  • एनआरएनए एसिया संयोजकमा कुँवरको उम्मेदवारी

    गोविन्द बानियाँ

    images

    दक्षिण कोरिया/गैरआवसिय नेपाली संघको आसन्न दशौँ केन्द्रिय महाधिवेशनका लागी एसिया प्रशान्त क्षत्र क्षत्रिय संयोजक पदमा दक्षिण कोरियाबाट बिनोद कुँवरले उम्मेदवारी दिनुभएको छ । गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद दक्षिण कोरियाको दुइ कार्यकाल अध्यक्ष पद सम्हालिसक्नुभएका कुँवरले यसअघि एसिया क्षत्र उपसंयोजकको रुपमा समेत काम गरिसक्नुभएको छ ।

    म्याग्दी घर भै दक्षिण कोरियालाइ कार्यथलो बनाउनुभएका कुँवर एनआरएन स्थापनाको शुरुवाति दिनदेखी सक्रिय रहनुभएको छ । एसियाली देशहरुमा उल्लेख्य रुपमा विभिन्न सिलसिलामा नेपालीहरु पुगेकोले त्यहाँको विकास, निति नियम, जिवनशैली लगायतका कुराहरु प्रत्यक्ष देख्ने अवसर पाएको अवस्थामा त्यही सिको गर्दै नेपालमा समेत तिब्र विकास गर्न सकिने संभावना सेतु बन्न आफुले उम्मेदवारी दिएको उहाँको भनाइ छ ।

    संस्थागत सबलिकरण को माध्यमबाट सञ्जाल विस्तार गर्दै समावेशी र पारदर्शी संस्था निर्माण गर्न, सुरक्षित मर्यादित एवम् व्यवस्थित वैदेशिक रोजगारीको वातावरण मिलाउन, समृद्ध नेपालका लागी ज्ञान सिप र प्रविधि हस्तान्तरणको वातावरण बनाउन तथा स्थानिय उद्यमशिलता प्रवर्द्धन र स्थानिय संतरमै रोजगारीको सृजना गर्न आफुले बिशेष पहल गर्ने योजना बनाएकाले संयोजक पदमा विजयी गराउन सबैले अनुरोध समेत गर्नुभएको छ ।

    binod kumar.jpg

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology