एनआरएनएको विश्व सम्मलेन तथा चुनावका लागि पदका आकांक्षीहरुले आ -आफ्नो उम्मेद्वारी घोषणा गर्नेक्रम चलिरहेको छ। एनआरएनए एनसिसि हङकङका निवर्तमान अध्यक्ष राधिका गुरुङ 'टीका'ले आइसिसि महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन। उनले हङकङ एनआएरएनको नेतृत्व २ पटक गरिसकेकी छिन।
हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परिआउने प्राकृतिक विपद टाईफुन, आगलागी जस्ता घटनाहरुमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा उनी निरन्तर लागिरेकी छिन। उनले हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदवीबाट सम्मानित भइसकेकी छिन।
कोभिड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागि हङकङ एनआरएनको पहलमा विभिन्न आर्थिक संकलन गरि ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपालमा दिलाउन उनले अभियान चलाएकी थिइन। लामो समय देखि अल्झिएको नागरिकता समस्या समाधान र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण र हितमा निति निर्माण र कार्यान्वयनमा आफू लाग्ने उनले बताइन।
नेपालका विभिन्न राजनीतिक दलहरुका शिर्ष नेताहरुसग राम्रो सम्बन्ध रहेकि गुरुङले निरन्तर नागरिकता समस्या समाधान र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण र हितमा निति निर्माण र कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गर्दैआइरहेकी छन ।
म्याग्दीवासी भएको नाताले विश्वभर एनआरएनमा आवद्ध म्याग्देली दाजुभाइ दिदिबहिनीहरुमा आफुले दिएको उम्मेद्बारीलाई सहयोग गर्न पनि अनुरोध गरेकी छन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मा पनि आवद्ध भएर काम गरिसकेकी छिन।
महिला सचिबमा गुरुङको उम्मेदवारी र बिजयीले बिश्वभर छरिएर रहेका महिला बर्गको मात्र नभई सिङ्गो एनआरएनए को गरिमा र उद्धेश्य प्राप्तिमा ईट्टा थपिने धेरै गैर आवसिय नेपाली र शुभेच्छुकहरुले आशा र आकलन रहेको छ ।