Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्डद्वारा आईसीसी महाधिवेशन प्रतिनिधिको नाम गुपचुप

एनआरएनए पोल्याण्डद्वारा आईसीसी महाधिवेशन प्रतिनिधिको नाम गुपचुप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १६:३०:०९ बजे
  • 964
    SHARES
  • एनआरएनए पोल्याण्डद्वारा आईसीसी महाधिवेशन प्रतिनिधिको नाम गुपचुप

    पोल्याण्ड/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डले अन्तर्राष्ट्रिय परिषद(आईसीसी)को  अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदान प्रक्रियामा सहभागि हुने प्रतिनिधिहरूको नामावली गुपचुप गरेको छ।

    images

    आगमी अक्टोबर २१ देखि २५ सम्म हुने एनआरएनए आईसीसीको महाधिवेशनका मतदाता(प्रतिनिधि)हरुको नामावली सम्बन्धित राष्ट्रिय परिषदहरुले सार्वजनिक गरिसकेको अबस्थामा एनआरएनए पोल्याण्डले अहिलेसम्म सार्वजनिक गरेको छैन।एनआरएनए  पोल्याण्डका एक पदाधिकारी अनुसार प्रतिनिधि छनौट मापदण्ड विपरीत भएको र विरोध हुने डरका कारण सार्वजनिक गर्न नसकिएको स्विकार्छन्।विधानको उपदफा १३•७(ग) अनुसार ६५ प्रतिशत अर्थात ३१ जना,म अध्यक्ष रहेको कार्यसमितिले सार्वजनिक  सूचना आह्वान गरि सिफारिस गरेको एनआरएनए पोल्याण्डका निवर्तमान अध्यक्ष नरेश सापकोटाले बताउॅछन।बाँकी निर्वाचित हुने १५ प्रतिशत र सिफारिस हुने १० प्रतिशत नयाॅ अध्यक्ष र कार्यसमितिले गर्ने भएको हुँदा यसबारे आफूलाई जानकारी नभएको सापकोटा बताउॅछन। 

    वैधानिक व्यवस्था विपरित प्रतिनिधि छनौट

    एनआरएनए पोल्याण्डको स्रोतबाट प्राप्त प्रतिनिधिहरुको नामावली अनुसार ४८ जना प्रतिनिधि सिफारिस गरेको देखिन्छ। निवर्तमान कार्यसमितिले  एनआरएनए पोल्याण्डको विभिन्न पदहरूमा बसेर काम गरिसकेकाहरु मध्येबाट ६५ प्रतिशत अर्थात ३१ जना सिफारिस गरेको देखिन्छ। तर जीवन केसीको नेतृत्वको नयाॅ कार्यसमितिले २०२१-२०२३ का पंञ्जीकृत सदस्यहरु मध्येबाट सर्वसम्मत वा निर्वाचन गरेर गर्नु पर्ने १५ प्रतिशत अर्थात १२ जना सूचना सार्वजनिक नै नगरी नगराई आफूखुसी छनौट गरेको छ।हामीले जुलाई १९ मा भएको एनआरएनए पोल्याण्डको निर्वाचन कै दिन निर्वाचन समिति र निर्वाचन पर्यवेक्षकको रोहबरमा १५ प्रतिशत र कार्यसमितिले दिएको जिम्मेवार अनुसार बाँकी १० प्रतिशत आफूले सिफारिस गरेको बताउॅछन, एनआरएनए पोल्याण्डका अध्यक्ष जिवन केसी।तर निर्वाचन समितिका निवर्तमान संयोजक डाक्टर उदयदेव आचार्य अध्यक्ष केसीको भनाइलाई पूरै इन्कार गर्छन्।हामीले एनआरएनए पोल्याण्डको निर्वाचन गराएका हौं यो बाहेक एनआरएनए आईसीसीको महाधिवेशन प्रतिनिधिको बिषयमा निर्वाचन समितिलाई कुनै जानकारी नभएको डाक्टर आचार्य बताउॅछन। यस बिषयमा थप स्पष्ट गर्दै एनआरएनए पोल्याण्डको निर्वाचन समितिको सदस्य सचिवको जिम्मेवारी निभाएका आनन्द घिमीरे "एनआरएनए पोल्याण्डको निर्वाचनमा आईसीसीको महाधिवेशन प्रतिनिधि छनौटको कुनै कार्यसूची नै नरहेकोबताउॅछन"।यसैगरी एनआरएनए आईसीसीले निर्वाचन पर्यवेक्षकको जिम्मेवारी दिएको पोल्याण्डका लागि आईसीसी सदस्य डाक्टर बोधराज सुवेदी आईसीसीको महाधिवेशन प्रतिनिधिको सूचि कार्यसमितिले तयार गर्ने होला प्रतिनिधिको सूचि मलाई पनि नौलो छ र म पनि अन्जान र अस्पष्ट छु भन्छन्।

    के छ छनौटको व्यवस्था?

    एनआरएनए आईसीसीको महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था के छ?नयाॅ कार्यसमितिले सार्वजनिक सूचना प्रकाशित गरि नयाॅ पंञ्जीकृत सदस्यहरु मध्ये १५ प्रतिशत सहमत वा निर्वाचन प्रक्रिया मार्फत छनौट गर्ने र एनआरएनए अभियानमा उल्लेख योगदान गरेका व्यक्ति र महिला तथा युवाबाट १० प्रतिशत नव निर्वाचित कार्यसमितिले सिफारिस गर्ने वैधानिक व्यवस्था र सोहि अनुसारको परिपत्र सबै राष्ट्रिय समन्वय परिषदहरुलाई भएको बताउँछन्, एनआरएनए आईसीसीका प्रवक्ता डिवि क्षेत्री ।
    तर प्रवक्ता क्षेत्रीको भनाइ बिपरित छ एनआरएनए पोल्याण्डले पठाएको ४८ जनाको नामावलीको सूचि।४८२  जना पंञ्जीकृत सदस्य रहेको एनआरएनए पोल्याण्डले १५प्रतिशत अर्थात १२ जनामा अध्यक्षहरुका कुक देखि भाइ भतिज र  राजनीतिक संगठनका नेताका श्रीमती समेत सिफारिस भएका छन्। अझ लाजमर्दो त सिफारिस गरि पठाइएका ४८ जनामा  ७ जोडी अर्थात १४ जना त श्रीमान् श्रीमती छन् भने ३० जना भन्दा बढी राजधानी वारसा क्षेत्रबाट  सिफारिस गरेर केन्द्रीकृतको भद्धा अनुसरण गरिएको छ।त्यसैगरी एनआरएनए अभियानमा उल्लेख योगदान गरेका व्यक्ति र महिला तथा युवाबाट नव निर्वाचित कार्यसमितिले गर्ने १० प्रतिशत अर्थात ५ जनाको सिफारिस मा एनआरएनए पोल्याण्डका नेतृत्वका श्रीमतीहरु छन् जब की हालको पंञ्जीकृत सदस्यमा ७१ जना महिलाको संख्या छ।अझ रोचक कुरा त जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री नारायण चालिसेकी श्रीमती प्रतिमा अर्याल सदस्यता नम्बर पिएल ०७०००१४६ को १५ प्रतिशतको सूचि नम्बर ४१ र १० प्रतिशतको सूचि नम्बर ४६ मा दुई ठाउँमा  दोहोरीने अबसर पाएकी छिन्।

     १६  वटा संघीयता( भोयोभोदासिप) भएको राष्ट्र पोल्याण्ड र त्यही अनुसार बनेका पंञ्जीकृत सदस्यलाई एनआरएनए पोल्याण्डले न त्यो अनुसार प्रतिनिधित्व गराएको छ न कुनै प्रकारका समावेशी सिद्धान्तलाई अङ्गीकार गरेको छ।गरेको छ त केवल काले काले मिलेर खाउॅ भाले उखानको चरितार्थ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology