Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटियो, अझ बढी सङ्क्रामक रहेको आशंका

कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटियो, अझ बढी सङ्क्रामक रहेको आशंका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • ०९:३८:१५ बजे
  • 1.0K
    SHARES
  • कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटियो, अझ बढी सङ्क्रामक रहेको आशंका

    कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ । दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो ।

    images

    १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो । वैज्ञानिकहरुले भाइरसको यो भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट हुनसक्ने बताएका छन् । डब्लूएचओका अनुसार भाइरसको ट्रान्समिसन, गम्भीर लक्षण, इम्युनिटीलाई झुक्याउन सक्ने र डायग्नोसिसबाट बच्ने क्षमता देखाउने भाइरसको भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट श्रेणीमा राखिन्छ ।

    एक अध्ययनमा सी.१.२ पहिले फेला परेको सी.१ भेरियन्टभन्दा निकै म्युटेट भइसकेको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको पहिलो लहरका लागि सी.१ भेरियन्टलाई जिम्मेवार मानिन्छ । म्युटेसनले भाइरसमा बदलाव ल्याएर यसलाई एन्टीबडी र प्रतिरोधात्मक क्षमताबाट बच्न मद्दत गर्ने अध्ययनकर्ताहरुले बताएका छन् । यसमा अल्फा र बीटा भेरियन्टविरुद्ध एन्टीबडी विकास भइसकेका व्यक्तिहरू पनि पर्दछन् ।

    अध्ययनमा दक्षिण अफ्रिकामा हरेक महिना सी.१.२ जिनोमको सङ्ख्यामा लगातार वृद्धि भइरहेको पाइएको छ । मेमा ०.२ प्रतिशत रहेकोमा जुलाईसम्ममा यो सङ्ख्या बढेर २ प्रतिशत भइसकेको थियो । भाइरोलोजिस्टका अनुसार यो म्युटेसन विश्वभर चलिरहेको खोप अभियानका लागि चुनौती बनेको छ । स्रोत : दैनिक भास्कर

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology