Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लन्डनमा नेपालीहरुको भव्य मेला

लन्डनमा नेपालीहरुको भव्य मेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १२:१६:४१ बजे
  • 1.1K
    SHARES
  • लन्डनमा नेपालीहरुको भव्य मेला

    लन्डनमा भव्यताका साथ नेपाली मेला मनाईएको छ । तमुधि यूकेले आइतबार लन्डनस्थित केम्पटन पार्क रेसकोर्समा नेपाली मेला आयोजना गरेको थियो । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यो १२ औं संस्करण हो । आयोजकका अनुसार कोभिड संक्रमणको त्रासबीच पनि झण्डै २५ सय दर्शक मेला हेर्न पुगेका छन् । मेलाले नेपाली कला संस्कृति, भाषा, धर्म, परम्परा र रहनसहनलाई प्रतिनिधित्व गरेको भन्दै उनले नेपाली संस्कृतिलाई सम्वर्द्धन र प्रबर्धन गर्न समेत मेला सफल भएको बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको भनाई छ |

    images

    राजदूत रेग्मीले यस्ता कार्यक्रमले नेपाल बेलायतबीचको सम्बन्धलाई पनि थप मजबुत बनाउने भएकाले आगामी कार्यक्रममा आपसी छलफल गरेर रचनात्मक ढंगले अघि बढ्नुपर्ने बतए । राजदूत रेग्मीले यस्तो कठिन परिस्थितिमा समेत कार्यक्रम आयोजना गर्ने तमुधिं युकेलाई धन्यबाद दिए । आयोजक तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले तमुधिं यूकेले गरेपनि मेला सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम भएको बताए । कोरोना संक्रमण कायमै रहेकोले बेलायत सरकारको स्वास्थ्य र सुरक्षा सम्बन्धि मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गरिएको गुरुङले स्पष्ट परे । यस्तो असहज परिस्थिमा पनि टाढा टाढा देखि नेपालीहरुको उपस्थितिले कार्यक्रम सफल बनाएको गुरुङको भनाई छ । हजारौं बेलायतवासी उपस्थित नेपाली मेलामा मौलिक नेपाली भेषभूषा र ग्रामिण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतो लगायत विभिन्न खालका झाँकी प्रदर्शन गरिएको थियो ।

    मेलामा विविध जातजातिका झाँकी र नृत्यले दर्शकको मन जित्यो । युवाहरुले स्टेजमा गायनकला समेत देखाएका छन् । मेलामा राखिएका स्टलमा मम, सेलरोटी जस्ता नेपाली खानाको स्वाद लिन मानिसहरु लामबद्ध लागेका देखिन्थे । मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङका अनुसार सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, एम्बेसडर कप र एनआरएनए यूके कप जितेको छ । दोश्रो पुरस्कार चार भन्ज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात राई यायोक्खा यूकेले ५ सय पाउन्ड पायो |

    उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो । झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भन्ज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भएर ५ सय र ३ सय पाउन्ड पाए । नृत्यमा पनि सिक्लेस टिमले नै जितेर ५ सय पाउण्ड र दोस्रो भई किरात राई यायोक्खाले ३ सय पाउन्ड प्राप्त गरेको छ |

  • सम्बन्धित विषय:

  • # लन्डन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology