Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजकमा लाल प्रसाद पुनको उम्मेद्बारी 

एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजकमा लाल प्रसाद पुनको उम्मेद्बारी 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७८ बुधवार • २२:१३:०२ बजे
  • 979
    SHARES
  • एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजकमा लाल प्रसाद पुनको उम्मेद्बारी 

    ओमान / विगत दुई दशक देखि विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेर बहराईनको मरुभूमिमा एउटा श्रमिकको रूपमा काम गर्दै आइरहेका लाल प्रसाद पुनले मध्यपुर्व क्षेत्रीय उप संयोजकमा उम्मेद्बारी दिएका छ्न । 

    images

    मध्यपुर्व क्षेत्रमा करार अवधिमा कार्यरत आदरणीय दाजुभाइ दिदीबहिनी हरुको सामुहिक समस्याहरु लाई राष्ट्रिय समस्याको रुपमा सम्बोधन हुनु पर्छ । अनेकौं समस्या संग लडनको लागि  गैर आवासीय नेपाली संघको आगामी २०२१/२३ कार्यकालको लागि मध्यपुर्व क्षेत्रीय उप संयोजक पदमा उम्मेद्बारी घोषणा गरेको बताए । 

    साच्चिकै मध्यपुर्व मजदुरहरुको अवसर संगै समस्या पनि रहेको छ । यसको लागि आफुले सकेको सहयोग गरेर समाधान गर्ने प्रतिबद्ध गर्द्छु । सबैको सहयोग र साथले नै भएका समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्छु । विश्वभर रहनु भएका म्यग्देलीहरुमा पनि सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्द्छु । 

    लाल प्रसाद पुनले गरेको अपिल 

    आदरणीय पुर्ण ज्यु
       नमस्कार ।
              बिषय - सक्दो सहयोग गरि दिनु हुन बारे।
    बिगत लगभग दुई दशक देखि विभिन्न सामाजिक संघ सस्था संग आवद्ध भैई बहराईनको मरुभूमिमा एउटा श्रमिकको रूपमा काम गर्दै सामाजिक कार्यमा पनि आफु सक्दो सेवा गर्दै आई रहेको छु।गैर आवासीय नेपाली सघं,राष्ट्रिय समन्वय परिषद् बहराईनमा ईस्वी सम्बत २०१३ मा सचीव पदमा प्रवेश  गरे देखि उपाध्यक्ष,अध्यक्ष र आई सि सि सदस्य हुँदै आफु सक्दो सामाजिक र मानवीय सेवामा लागि परेको छु।

    आफू एउटा नितान्त श्रमिक भएको नाताले खास गरि हाम्रो मध्यपुर्व क्षेत्रमा करार अवधिमा कार्यरत आदरणीय दाजुभाइ दिदीबहिनी हरुको सामुहिक समस्याहरु लाई राष्ट्रिय समस्याको रुपमा सम्बोधन हुनु पर्छ भन्ने मेरो मान्यता छ।यी यस्तै अनेकौं समस्या सग लडन मैले गैर आवासीय नेपाली संघको आगामी २०२१/२३ कार्यकालको लागि मध्यपुर्व क्षेत्रीय उप संयोजक पदमा उम्मेद्बारी घोषणा गरेको छु। मलाई पुर्ण आशा छ, राष्ट्रिय कार्यकारी समिति ओमन बाट हुनु पर्ने र खेल्नु पर्ने भुमिकामा हजुर बाट कुनै कसर बांकी रहने छैन।
    हजुर बाट ठुलो आशा र भरोसाका साथ बिदा हुन्छु।
        जय एनआरएनए।
         लाल प्रसाद पुन
       आई सि सि सदस्य 
                तथा
    मध्यपुर्व क्षेत्रीय उप संयोजक 
              उमेदवार ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology