कुवेतको निर्माणाधीन नयाँ अन्तराष्ट्रिय विमानस्थल टर्मिनल-२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर निधन हुनेमा झापाका यमबहादुर कटवाल र सुकलाल राजवशी रहेका छन भने रोल्पाका सर्वजीत महरा घाइते भएका छन ।
बालुवाको ढिस्कोले पुरिएर ८ सेप्टेम्वर २०२१ का दिन गौलधाप-१, झापा निवासी यामबहादुर कटुवाल (राहदानी नं.०८९४४२७२) तथा चकचकी झापा निवासी सुकलाल राजवंशी (राहदानीनं.०९१३२२५१) को घटना स्थलमै निधन भएको हो ।
साथै धनमुढा, मिझिंग - ८, रोल्पा निवासी सर्वजीत महरा (राहदानी नं. ०७३७६२३३) घाइते भएका छन। उनको अस्पतालमा उपचार भैरहेको छ । आज नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले घाइते सर्वजीत महराको अस्पताल मै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएकोछ ।
