Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र २९, २०७८ मंगलवार • २१:०३:३२ बजे
  • 1.9K
    SHARES
  • कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा

     

    images

    कुवेत- कल्याणकारी नेपाली युवा समाज  कुवेतको तेश्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

     

    कुवेतको नेपाली समाजमा 'हाम्रो एकता समाज सेवामा प्रतिबद्धता' भन्ने मूल नाराका साथ सन २०१७मा स्थापना भएको कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारका दिन कुबेत स्थित कवद  हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको हो ।

     

    कोरोना भाईरसले गर्दा कुवेतमा लामो समय देखी कुवेतम विभिन्न सङ्घ सस्थाका कार्यक्रमहरु रोकिएको थियो । अहिले कोरोना भाईरस केही मात्रमा भए पनि नियन्त्रणमा आए लगतै फेरी कार्यक्रमको आयोजना गर्न थालेका छन । कोरोना भाईरसको सङ्क्रमणलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गरी, स्वस्थ्य मापदण्ड को पुर्णरुपमा पालना गर्दै कार्यक्रम गर्न लागिएको उपाध्यक्ष प्रदिप कार्कीले बताएका छन ।

     

    कल्याणकारी युवा समाजले कुवेतको नेपाली समाजमा खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । साथै नेपालमा पनि विभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

     

    उक्त दिन हुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई निमन्त्रणा गरि सकिएको र कोहि कसैलाई कारणवश निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि समाजका उपाध्यक्ष प्रदिप कार्कीले अनुरोध गरेकाछन।

     

    कार्यक्रमको विवरण

    आयोजक :कल्याणकारी नेपाली युवा समाज कुवेत

    कार्यक्रम:तेश्रो अधिवेशन

    समया: बिहान 11 बजे

    मिति :१७ सेप्टेम्बर २०२१ शुक्रबार

    स्थान : कवद हल

     

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology