Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यी महिला जो ,हरेक हप्ता बेहुली बन्छिन्

यी महिला जो ,हरेक हप्ता बेहुली बन्छिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १९:३७:३७ बजे
  • 1.6K
    SHARES
  • यी महिला जो ,हरेक हप्ता बेहुली बन्छिन्

    एजेन्सी/ यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहाँ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् ।

    images

    पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ । ती महिला हरेक हप्ताको शुक्रबार बेहुली जस्तै पहिरनमा सजिन्छिन्, सिंगारपटार गर्छिन् ।

    त्यस्तो अनौठो शौखका कारण उनी पाकिस्तानमा अहिले चर्चाको विषय बनेकी छिन् । उनको नाम हिरा जिशान हो र उमेर ४२ वर्षको भयो । उनी लाहोरकी बासिन्दा हुन् ।

    हिराले पछिल्लो १६ वर्षदेखि हरेक शुक्रबार आफूलाई बेहुलीको रुपमा सजाउँदै आएकी छिन् । आखिर हिराले किन त्यसो गर्दै आएकी छिन् त ? यसको निकै भावुक कारण रहेछ ।

    १६ वर्षअघि हिराकी आमा निकै बिरामी परिन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । आमाले आफ्नो अन्तिम अवस्थामा छोरी हिराको बिहे देखेर मर्न चाहेको बताएपछि अस्पतालमै एकजना रक्तदाता युवकसँग उनको बिहे तय गरियो र बिहे पनि सम्पन्न भयो ।

    बिहेको केही दिनपछि हिराकी आमाको मृत्यु भयो । आमाको मृत्युले हिरा निकै मर्माहत भइन् । बिहेपछि उनका ६ बच्चा जन्मिए, त्यसमध्ये २ बच्चाको मृत्यु भयो । आफ्ना सन्तानको मृत्युले पनि उनलाई ठूलो पीडा भयो ।

    त्यहीँ तनाव र डिप्रेसनको अवस्थाबाट मुक्ति पाउनका लागि उनले १६ वर्षदेखि हरेक शुक्रबार बेहुली पहिरन गरेर सोह्र श्रृंगार गर्दै आएकी छिन् ।

    हिराका पति लण्डनमा बस्दै आएका छन् भने हिरा बच्चासँग पाकिस्तानमै बस्छिन् । आफूलाई बेहुली बनेर सजिँदा निकै खुसी मिल्ने उनी बताउँछिन् ।

  • सम्बन्धित विषय:

  • # बेहुली बन्छिन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology