Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसिया गठन, अध्यक्षमा केसी

म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसिया गठन, अध्यक्षमा केसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • १३:५४:०६ बजे
  • 1.5K
    SHARES
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसिया गठन, अध्यक्षमा केसी

     म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) ले एक इट्टा थप्न सफल भएको छ । रामचन्द्र केसीको अध्यक्षतामा मोना मलेसिया गठन भएको छ  । बिहिबार भर्चुअल माध्यमबाट भेलाको आयोजना गरिएको थियो |

    images

    कार्य समितिको उपाध्यक्षमा छम बहादुर शाही, सचिबमा यज्ञदत्त आचार्य, सहसचिबमा बिनय कुमार बिश्वकर्मा र कोषाध्यक्षमा अनिल खत्री रहनु भएको छ ।

    सदस्यहरुमा हेम बहादुर बानीयाँ, यामलाल शर्मा, दमन पुन, रमेश केसी, दुर्गा बहादुर केसी, कर्ण बहादुर पुर्जा, जोगिन्द्र श्रीस मगर, गणेश कुमार महत, चित्र फगामी मगर, पुर्ण रोका, होम बोहोरा क्षेत्री र सन्तोष किसानहरुलाई चयन गरिएको म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिका महासचिब बिक्रम कार्कीले आइ.इ.सि टिमको गुरुपमा जानकारी दिनु भएको छ ।

    मोना मलेसियाको संरक्षकमा बम बहादुर सुनार र सल्लाहकारमा लाल बहादुर रोका ( एल.बि.मगर) रहनु भएको कार्कीले रहनु भएको छ  ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्य समितिका अध्यक्ष ओमनारायण जुग्जालीले प्रवासमा रहेका म्याग्देलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा रहेका म्याग्दीलेहरु बिच मोना गठन गरिएको बताउनु भयो ।

    मोना गठन पछि मलेसियामा रहेका म्याग्देलीहरुलाई आइपर्ने जुनसुकै समस्यामा पनि सहयोग पुग्ने बिश्वास लिदै अध्यक्ष जुग्जालीले नबगठित पदाधिकारीहरुलाई बधाईका साथ उत्कृष्ट कार्य गर्न अनुरोध गर्नुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology