Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिश्वकर्मा एकता समाज नेपाल - कुवेत द्वारा बिस्वकर्मा पूजा सम्पन्न, अध्यक्षमा कुमार बराईली चयन

बिश्वकर्मा एकता समाज नेपाल - कुवेत द्वारा बिस्वकर्मा पूजा सम्पन्न, अध्यक्षमा कुमार बराईली चयन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन २, २०७८ शनिवार • १५:५०:२३ बजे
  • 2.5K
    SHARES
  • बिश्वकर्मा एकता समाज नेपाल - कुवेत द्वारा बिस्वकर्मा पूजा सम्पन्न, अध्यक्षमा कुमार बराईली चयन

    कुवेत - बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशन समारोह साथै बिस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ । पाचौं अधिवेशन बाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन ।

    images

     

    कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा १७ सेप्टेम्वर २०२१ शुक्रवारको दिन पाचौं अधिवेशन तथा विस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको हो । बिस्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष गम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विभिन्न सङ्घ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधिहरु अतिथि रहेका कार्यक्रममा समाजका सचिव रोल बहादुर बिस्वकर्मा पुजारी रहेका थिए भने संरक्षक जीवन सुनारले कार्यक्रम सचालन गरेका थिए ।

     

    प्रवासमा कार्यव्यस्तताको बाबजूद पनि बिस्वकर्मा बाबाको पूजा आराधनाको लागि कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

     

    रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत बिस्वकर्माहरुलाई एकताबद्ध गर्दै 'बिस्वकर्माको एकता आजको आवश्यकता' भन्ने मुल नारालाई आत्मसात् गर्दै सन २०१६ मा स्थापना भएको सस्थाले हरेक वर्ष असोज १ गतेको दिन बिस्वकर्मा पूजा मनाउदै आईरहेको छ । साथै कुवेतको नेपाली समाज र नेपालमा समेत सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ ।

    3A6E53F7-813F-4F69-9EBF-1F094179C72D.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology