कुवेतमा एक जना नेपाली लागूऔषध (हिरोइन) सहित पक्राउ परेको छ ।
कुवेत स्थित हवालीमा पार्किङ एरियामा रोकिरहेको गाडीमा ५ पोका लागूऔषध (हिरोइन) सहित नेपाली पक्राउ परेको हो । रोकिरहेको गाडीमा कुवेत प्रहरीले चेकजाँच गर्ने क्रममा ५ पोका लागूऔषध (हिरोइन) बरामद गरेको छ ।
उनको परिचय पत्र हेर्दा नेपाली रहेको प्रहरीले जनाएको छ । उनले लागूऔषध (हिरोइन) ग्राहकलाई दिनको लागि पर्खिरहेको अवस्थामा पक्राउ परेको जनाएको छ । लागूऔषध कारोबारीमा पक्राउ परेको ब्यक्तिको नाम उल्लेख गरिएको छैन । उनलाई अनुसन्धानका लागि लागूऔषध नियन्त्रक डिपार्टमेन्टमा लगिएको छ ।