Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमानमा वैदेशिक रोजगारी संगसगै लगानी र अर्थोपार्जन लगानीको कार्यक्रम ५ श्रङ्खला संचालन हुने 

ओमानमा वैदेशिक रोजगारी संगसगै लगानी र अर्थोपार्जन लगानीको कार्यक्रम ५ श्रङ्खला संचालन हुने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७८ शनिवार • १३:५२:१३ बजे
  • 2.3K
    SHARES
  • ओमानमा वैदेशिक रोजगारी संगसगै लगानी र अर्थोपार्जन लगानीको कार्यक्रम ५ श्रङ्खला संचालन हुने 

    वैदेशिक रोजगारी संगसगै लगानी र अर्थोपार्जन लगानीको अवसरहरु कार्यक्रम शुक्रबार सेप्टेम्बर १७ तारिकको दिन १ श्रङ्खला शुरु भएको थियो  । 

    images

    O1.jpg

    एनाआरएनए ओमानको अध्यक्ष बिकल झाको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो श्रङ्खलामा ओमानकी राजदुत महामहिम डा. शर्मिला पराजुली ढकाल, विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ आई सिसिका उपाध्यक्ष बद्री केसि, अतिथिहरुमा महिला उपाध्यक्ष रविना थापा,प्रवक्ता डि.बि क्षेत्री, पुर्व उपाध्यक्ष तथा आई सिसि सल्लाहकार कुल आचार्य, महिला सदस्य यास्मिन बेगम,मध्यपूर्व समयोजक प्रबिण गुरुङ, बेलेन्स गुरुपका चेयरमेन मनोज पन्थी लगायत ओमान स्थिति रहेका संग सस्थाहरुको प्रतिनिधिओमानमा रहेका नेपालीहरुको उपस्थिति कार्यक्रम  सुरेश खड्काले संचालन गरेका थिए । 

    O2.jpg
    वैदेशिक रोजगारी संगसगै लगानी र अर्थोपार्जन लगानीको अवसरको बारेमा जिबन कार्कीले जानकारी मुलुक कार्यक्रमका उद्देश्य राख्नु भएको थियो । भने बेलेन्स गुरुपका चेयरमेन मनोज पन्थीले लगानी गरे पछि हुने फाइदा र समस्याको बारेमा स्पष्ट पार्नु भयो,कार्यक्रम ५ हप्ता निरन्तर संचालन गर्ने कार्यक्रममा जानकारी दिएको थियो । 

    O3.jpg

    त्यस्तै :  वैदेशिक रोजगारी संगसगै लगानी र अर्थोपार्जन लगानीको अवसरहरु कार्यक्रम शुक्रबार सेप्टेम्बर २४ तारिकको दिन २ श्रङ्खला पनि सम्पन्न भएको छ ।

    O5.jpg

    एनआरएनए ओमानको अध्यक्ष विकल झाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख वक्ता प्रभु क्यापिटल लिमिटेडका सि.ओ.ओ  कृष्ण गिरि, सामुहिक लगानीका अभियान्ता जीवन कार्कीले लागानीको बारेमा आफ्ना बिचार राखे भने कार्यक्रमको संयोजक सुशन श्रेष्ठले गरेका थिए । 


    कार्यक्रमका उदेस्यहरु के के छ्न ! 

    बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सँग बित्तीय ज्ञान आदानप्रदान गर्ने । 

    बचत गरी लगानी गर्न प्रोत्साहन गर्ने  । 

    सामूहिक लगानी, पूँजी बजार, Online मार्फत शेयर भर्ने तरीका सम्बन्धी जानकारी दिने  । 

    सुरक्षित बैंकिंग तथा Money Management  सम्बन्धी जानकारी  दिने । 

    ऋण पत्र, Mutual Fund सम्बन्धी जानकारी दिने । 

    NRNA Fund  लगानी बारे जानकारी दिने । 


    "लगानीको कार्यक्रम चलाउन किन आवश्यकता भन्ने प्रश्नमा के भन्छ्न, जीवन कार्की" 

    खासमा  हामी अहिले युवा अवस्थामा छौ र प्रवासमा धेरै थोरै आम्दानी गरिरहेका छौ । यो समयमा हामिले लगानी र फाइदाको बारेमा जनचेतनामूलक कार्यक्रम चलाउनु पर्छ भन्ने मेरो सोचाइ धेरै पहिला देखि नै भए पनि अहिले सम्भावना भएको छ  एनआरएनए ओमानले सहजीकरण गर्दा यो सम्भावना भएको छ ।

    यो कार्यक्रमको उद्देश्य भनेको अहिले प्रवासमा कार्यरत कामदारहरु जसले मासिक आम्दानी गरेर पनि कसरी त्यसलाई लगानी गर्ने भन्ने बारेमा ज्ञानको कमि हुँदा आम्दानी भएको पैसा फजुल खर्च गरेको मैले देखेको छु । हामी त्यही फजुल खर्च गर्ने साथै लगानी गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने ओमानमा रहेका नेपाली दाजुभाइलाई यो कार्यक्रम मार्फत विभिन्न बैंक, सहकारी ,कम्पनीका कार्यरत उच्चस्तरीय फाइनान्स सम्बन्धि ज्ञान हासिस गर्नु भएको ब्याक्तित्वहरुलाई वक्ताको रुपमा लिएर लगानी नि र फाइदाको बारेमा जानकारी दिएको छौ ।

    अहिले सम्म २ श्रङ्खला सकियो बाकी ३ श्रङ्खला छ । बाकि भएको ३ श्रङ्खलाको कार्यक्रममा ओमानमा रहेका नेपाली सबैलाई उपस्थित भएर लगानीको बारेमा ज्ञान हासिल गर्न अनुरोध गर्द्छु । 
    लगानी गरौ आत्मनिर्भर बनौ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology