Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जर्मनीमा सोसल डेमोक्र्याट विजयी

जर्मनीमा सोसल डेमोक्र्याट विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७८ सोमवार • १९:०४:१२ बजे
  • 838
    SHARES
  • जर्मनीमा सोसल डेमोक्र्याट विजयी

    एजेन्सी । जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ । एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ ।

    images

    सबै जिल्लाबाट प्राप्त विवरणहरुलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ ।

    क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ । सो पार्टीले २४.१ प्रतिशत मत ल्याएर संसद्मा दोस्रो ठूलो दल भएको छ ।

    त्यसैगरी तेस्रो भएको द ग्रिन्स पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।

    आयोगका अनुसार फ्रि डेमोक्र्याटिक पार्टी (एफडीपी)ले ११.५ प्रतिशत मतका साथ चौथो दल हुँदा द एलाइन्स फर जर्मनी (एएफडी) १०.३ प्रतिशत मतसहित पाँचौँ भएको छ ।

    नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्ने छ । झण्डै १६ वर्ष चान्सलर बन्नु भएकी एंगेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो ।

    मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन् । नयाँ संसद् गठनका लागि गत शनिबार मतदान भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology