दम्माम/ साउदीको पुर्बीक्षेत्रका क्रिय्रासिल संघसंस्थाहरु आबद्ध भएको अंतर संस्था समन्वय समिति साउदीले नेपाली दूतावासका पुर्बी क्षेत्रका जनसम्पर्क सहायक हरि घिमिरेलाई बिदाई गरेको छ।
दम्मामको गोल्डेन होटलमा समितिले मंगलबार बेलुकी एक कार्यक्रम गरी जनसम्पर्क सहायक घिमिरेलाई बिदाई तथा सम्मान गरेको हो ।
घिमिरेलाई सम्मान पत्र ,मायाको चिनो र दोसल्ला ओढाएर समितिका अध्यक्ष कृष्ण पुरी र प्रमुख सल्लाहकार खेम गुरुले बिदाई तथा सम्मान गरेका थिए।
सम्मान तथा बिदाई कार्यक्रमको अध्यक्षता पुरीले गरेका थिए भने उपस्थिति संस्थाका प्रतिनिधिहरुले घिमिरेको योगदान कदर गर्दै स्वागत तथा बिदाई मन्तव्य राखेका थिए।कार्यक्रम संचालन समितिका महासचिव सुर्य श्रेष्ठले गर्नुभएको थियो।
लामो समय देखि साउदीको पुर्बी क्षेत्रको जन सम्पर्क सहायक भइ नेपाली श्रमिकको राहत तथा उद्वारमा समन्वयकारी भुमिका निर्वाह गरि उदाहरणीय कार्य गरेका घिमिरेको योगदानलाई सम्मान गर्दै बिदाई कार्यक्रम आयोजना गरिएको समितिका महासचिव श्रेष्ठले पिटि अनलाईनलाई बताउनुभयो।
जनसम्पर्क अधिकृत घिमिरेले आफ्नो कार्यकाल भर नेपाली श्रमिकको हितमा सक्रिय भएर काम गर्दा धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरुको समस्या समाधानमा सफलता मिलेको समितिका अध्यक्ष पुरीले बताउनुभयो।
त्यसैगरी कार्यक्रममा जनसम्पर्क सहायक घिमिरेले समितिले बृहत कार्यक्रम गरि बिदाई गरेमा समिति तथा आवद्ध संस्थाहरुलाई धन्यवाद दिनुभयो । उनले आफ्ना कार्यकाललाई अविस्मरणीय बनाउन यहाँ रहेका संघसंस्था, नेपाली समुदाय र नेपाली दूतावास भएको बताउनुभयो।
घिमिरेका अनुसार सन् २००७ देखि दूतावासका स्वयंसेवकको रूपमा काम गर्दै कर्मचारी भएका हुन् । तत्कालीन राजदूत उदयराज पाण्डेको अनुरोधमा सन् २०१२ मे महिनादेखि पूर्वक्षेत्रका लागि नेपाली दूतावासका कर्मचारी भएको बताउनुभयो।
सामन्य कामदारबाट व्यावसायि हुँदै सामाजिक अभियानमा सक्रिय हुँदै दूतावासका कर्मचारी हुनु भएका घिमिरे आफ्नो कार्यकाल पूरा गरि सपरिवार आगामी १ अक्टोबर बेलुकी स्वदेश फर्कदै हुनुहुन्छ। उहाँको बिदाई तथा सम्मानको लागि दूतावास लगायत विभिन्न संघसंस्थाले कार्यक्रम गरेर बिदाई गरेका छन्
समितिमा फ्रेन्ड्स अफ नेपाल, साउदी अरब,तमु धी नेपाल, प्र. शा. साउदी अरब,नेपाली साझा मंच, साउदी अरब,नेपाल मगर संघ, शाखा साउदी अरब,किरांत राई यायोक्खा शाखा, साउदी अरब,हेल्प मधेशी, साउदी अरब ,प्रवासी नेपाली सहयोग युवा मंच, साउदी अरब ,युवा कुमाल समाज, साउदी अरब ,प्रवासी नेपाली युवा समुह,साउदी अरब ,दिदि बहिनि समुह,साउदी अरब लगायत संस्था आबद्ध रहेको छ।