Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७७ आइतवार • ०८:५४:२० बजे
  • 1.4K
    SHARES
  • गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको मृत्यु
    गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना संक्रमितको शनिवार राती ११ः३५ बजे मृत्यु भएको हो ।

    पोखरा उपमहानगरपालिका वडा नम्बर १९ निवासी ६२ बर्षीय पुरुषको उपचारका क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । उनलाई डाइबेटिज मेलिससको समेत समस्या रहेको प्रतिष्ठानका निदेशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन । यहाँ यसअघि पनि कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भैसकेको छ ।

    योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology