Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कहिल्यै बेवास्ता गर्न नहुने यी ५ लक्षण, स्वास्थ्यका लागि खतरा

कहिल्यै बेवास्ता गर्न नहुने यी ५ लक्षण, स्वास्थ्यका लागि खतरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७८ बुधवार • १६:२१:२४ बजे
  • 781
    SHARES
  • कहिल्यै बेवास्ता गर्न नहुने यी  ५ लक्षण, स्वास्थ्यका लागि खतरा

    एजेन्सी/ धेरैजसो पुरुष सानातिना लक्षणलाई साधारण ठानेर नजरअन्दाज गर्ने गर्छन् र डाक्टरलाई भेट्न खोज्दैनन् ।

    images

    कहिलेकाँही यही साधारण लक्षण कुनै गम्भीर रोगमा परिणत हुन्छन् जुन घातक पनि हुनसक्छन् । आँकडाका अनुसार महिलाको तुलनामा पुरुष कमै मात्रामा डाक्टरलाई भेट्न जान्छन् ।

    यद्यपि, डाक्टरले भने पुरुषले केही विशेष लक्षणलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न नहुने बताउँछन् ।

    पिसाबमा समस्याः पिसाब फेर्न समस्या वा पीडा महसुस हुँदा प्रोस्टेट क्यान्सरको संकेत हुनसक्छ । प्रोस्टेट क्यान्सरको सुरुवात निकै सुस्त गतिमा हुन्छ र यसलाई कुनै पनि हालतमा नजरअन्दाज गर्नु हुँदैन । जब प्रोस्टेट ठूलो हुन्छ तब यसले पिसाबको नलीमा दबाब दिन्छ त्यसैले पिसाब फेर्न मुश्किल हुन्छ ।

    ५० भन्दा बढी उमेरका पुरुषमा यसको लक्षण बढी देखिन्छ । यदि पिसाब फेर्न समस्या हुन्छ र बारम्बार बाथरुम जानुपर्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

    शरीरको कोठीमा परिवर्तनः कोठी वा मुसाका कारण पनि क्यान्सर हुनसक्छ । धेरैजसो मानिसहरुले यसमा हुने परिवर्तनलाई खासै वास्ता गर्दैनन् । यदि तपाईंको मुसा वा कोठीको आकार वा रङ फेरिइरहेको छ भने डाक्टरलाई यसबारे जानकारी दिनुहोस् । संसारभरी महिलाभन्दा बढी पुरुषमा छालाको क्यान्सर बढी देखिएको छ ।

    यसका थुप्रै कारण हुन्छन् जस्तै पुरुष सनस्क्रिन कम लगाउँदैनन् । घाममा धेरै समय बिताउँछन् र डाक्टरको कम सम्पर्कमा रहन्छन् ।

    असामान्य गाँठाः यदि तपाईंको गोप्य अङ्गमा कुनै गाँठो देखिएको छ भने यसलाई ध्यान दिनुहोस् । यो पनि एक प्रकारको क्यान्सरको लक्षण हुनसक्छ जस्तै युवामा बढी पाइन्छ ।

    टेस्टिक्युलर क्यान्सर साधारणतया १५ देखि ४९ वर्षका युवामा देखिन्छ र हरेक वर्ष लगभग यसका २,३०० नयाँ बिरामी भेटिन्छन् । टेस्टिक्युलर अर्थात् अण्डकोषमा हुने गाँठो दुख्न पनि सक्छ र नदुख्न पनि ।

    त्यसैले यसको आकारमा कुनै पनि प्रकारको परिवर्तन भए यसलाई बेवास्ता भने नगर्नुहोस् ।

    छातीमा दुखाईः मांसपेशीको समस्या होस् वा पाचन तन्त्र बिग्रँदा हुने छाती दुखाई, यो समस्या धेरैजसो पुरुषमा भइरहन्छ ।

    यदि छाती पोल्ने भइरहन्छ भने डाक्टरलाई भेटिहाल्नुहोस् । यो पनि पेट वा घाँटीको क्यान्सर, मुटु रोगको संकेत हुनसक्छ । महिलाको तुलनामा पुरुषलाई बढी हृदयघात हुन्छ ।

    छाती दुख्ने तरिकामा ध्यान दिनुहोस् र डाक्टरलाई यसको सही जानकारी दिनुहोस् ।

    मूड र व्यक्तित्वमा परिवर्तनः मूडमा परिवर्तन हुनु डिप्रेशनको संकेत हुनसक्छ । संसारभरी ४५ वर्षभन्दा कम उमेरका पुरुषमा डिप्रेशनका कारण आत्महत्या गर्ने सम्भावना बढी हुन्छ ।

    यद्यपि, मूडमा परिवर्तन वा मानसिक तनाव हरेक पटक डिप्रेशन हुन्छ नै भन्ने होइन । यदि आफ्नो व्यक्तित्वमा कुनै प्रकारको परिवर्तन महसुस गरिरहनुभएको छ भने यसलाई कुनै पनि हालतमा नजरअन्दाज नगर्नुहोस् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology