Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा कार्यरत नेपाली श्रमिक संग सम्बन्धित बिषयमा कदापी मौन नबस्ने : राजदूत भण्डारी

कुवेतमा कार्यरत नेपाली श्रमिक संग सम्बन्धित बिषयमा कदापी मौन नबस्ने : राजदूत भण्डारी

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १३, २०७८ बुधवार • १९:३२:१८ बजे
  • 2.1K
    SHARES
  • कुवेतमा कार्यरत नेपाली श्रमिक संग सम्बन्धित बिषयमा कदापी मौन नबस्ने : राजदूत भण्डारी

    कुवेत- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतमा कृयाशिल विभिन्न संघ-संस्था र नेपाली दूतावासबीच छलफल तथा भेटघाट भएको छ ।

    images

    विभिन्न संघ सस्थाका प्रतिनिधि तथा दूतावासबीच २८ सेप्टेम्वर २०२१ का दिन दूतावास कुवेतकै सभाहलमा भएको छलफलमा नेपाली श्रमिक संग सम्बन्धित बिषयमा कदापी मौन नबस्ने राजदूत भण्डारीले बताउनु भएको छ ।

    कुवेतमा कार्यरत नेपाली श्रमिकले न्युनतम तलबमा काम गरिरहेका, कोरोनाका कारण लामो समयसम्म स्वदेशमै रोकिएको र उनिहरुलाइ पुन: रोजगारिमा फर्किन महङ्गो टिकटदर घटाउने, कुवेतमा पछिल्लो समय बढिरहेको लागू औषध ओसारपसार तथा मदिरा उत्पादनमा संलग्न नेपालीहरुको संख्यालाइ न्यूनीकरण गर्ने, कुवेतमा नेपाली श्रमिकहरुको चापलाइ ध्यानमा राख्दै कुवेत एयरवेज वा अन्य कुनै पनि एयरवेजद्वारा सिधा उडानको लागि पहल गर्ने, कुवेतबाट अनलाइन श्रम स्वीकृति गराउने लगाएतका विभिन्न विषयमा गम्भीर छलफल भएको भएको थियो ।

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भएको छलफल कार्यक्रममा सरोकार समाज कुवेत, कल्याणकारी नेपाली युवा समाज कुवेत, किरात याक्थुङ कुवेत, लुम्बिनीसमाज कुवेत, बिस्वकर्मा एकता समाज कुवेत, ट्याक्सी व्यवासायी संघ कुवेत, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत, झापाली समाज कुवेत, जनसम्पर्क समिति कुवेत, प्रवासि नेपाली मंचकुवेत, जनप्रगतीशिल मन्च, प्रवासी नेपाली एकता समाज साथै राम बस्नेत, कुमार झापाली लगाएत अन्य विभिन्न सामाजिक अभियन्ताहरुको पनि उपस्थिति रहेको थियो।

    राजदूत दुर्गाप्रसाद भण्डारीले छलफलको क्रममा नेपालबाट आउने टिकटकदर अत्यन्तै महङ्गोभएको र त्यसलाई घटाउन सम्बन्धित एयरलाइन्स कम्पनिहरु संग पहल गरि केही हदसम्म घटाउन सफल भएको बताउनु भएको छ। अहिले जुन टिकट भाडादर छ त्यो पनि सामान्य न्युनतम तलवमा काम गर्ने हामी नेपालीहरुको हकमा बढी भएको र त्यसलाइ अझै कम गराउन नेपाली दूतावासको तर्फबाट पहल हुने बताउनु भएको छ। ३५० दिनार भन्दा बढी रहेको टिकटदर घटाएर ३ सयकोहाराहारीमा बनाएको र त्यसलाइ पनि घटाएर २ सय देखि २२० सम्म बनाउने प्राथमिकताका साथपहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

    साथै कुवेतबाट जजिरा एयरवेज जस्तै अन्य एयरवेजबाट पनि सिधा उडान गराउन पहल भैरहेको र बिचमा विभिन्न किसिमका प्राविधिक समस्याहरु भएकोले उडान सुरु हुन नसकेको तर नेपाली दूतावास यस बारेमा निरन्तर फलोअपमा रहेको बताउनुभयो।

    अनलाइन श्रम स्वीकृति सुरु भयो भनेर समाचारमा पढिरहँदा कुवेतवासी नेपाली श्रमिकहरुको लागि भने समाचारमा मात्रै सिमित भएको छ। कोरोना भाइरसका कारण नेपाल जान नसकेर श्रम नविकरण नहुँदा वैदेशिक रोजगार विभागबाट भैपरी आउँदा पाउने सेवा सुविधामा समेत  कटौती हुने स्थितिमाछ। यसबारे दूतावास किन मौन? भन्ने प्रश्नमा महामहिम ज्युले यस बारे गम्भिरतापुर्वक लागि रहेको रनिकट भविष्यमा नै कुवेतबाट अनलाईन श्रम स्वीकृति लिन सकिने ब्यबस्था लागु हुने बताउनु भयो।

    साथै पछिल्लो समयमा बढेको अवैधानिक हैसियतका नेपाली कामदारलाई सचेत रहन आग्रहगर्नुभएको छ। अहिले कुवेत सरकारद्वारा अवैधानिक कामदारको संख्या कम गर्न कुवेत प्रहरीलाई खटाएको र कुवेत प्रहरीद्वारा कुवेतको विभिन्न एरिया ब्ल्क गरेर धरपकड गरिरहेकोले यसरीअफ्ठ्यारोमा नपर्न र विभिन्न संघ संस्था, मिडिया र सामाजिक अभियान्तहरुले पनि अवैधानिक नबन्न सामाजिक सञ्जाल तथा संचारका विभिन्न माध्यमबाट सचेत गराउन आग्रह गर्नुभएको छ।

     

    त्यसैगरी टाढा टाढाबाट दूतावासबाट सेवा लिने सेवाग्राहीहरुले दूतावासको कुनै अपोइन्टमेन्ट सिस्टमनभएकोले त्यस्ता सेवाग्राहीहरुले नेपाली दूतावास कुवेतको फेसबुक पेजमा म्यासेज गरेर वाहटलाइनमा सम्पर्क गरेर वा इमेल मार्फत पुर्ण जानकारी लिएर दूतावास आउँदा सहज तरिकाले एकैपटकमा काम बन्ने पनि बताउनु भएको छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology