Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा नवजात शिशुलाई फोहोरमा फाल्ने नेपाली जोडी पक्राउ

कुवेतमा नवजात शिशुलाई फोहोरमा फाल्ने नेपाली जोडी पक्राउ

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १४, २०७८ बिहिवार • २१:२४:३७ बजे
  • 1.9K
    SHARES
  • कुवेतमा नवजात शिशुलाई फोहोरमा फाल्ने नेपाली जोडी पक्राउ

    कुवेत - एक नेपाली जोडीलाई अवैध रुपमा बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनरमा फालेको आरोपमा कुवेत प्रहरीले प्रकाउ गरेको छ ।

    images

    कुवेत स्थित फर्वानियामा बस्दै आएका नेपाली जोडीले अवैध रुपमा बच्चा जन्माएर फोहोर फाल्नेकन्टेनरमा फालेको कारण प्रकाउ गरिएको हो ।

    उनीहरुले लुकीछिपी नवजात शिशुलाई फोहोर फाल्ने कन्टेनरमा फाल्दै गरेको अवस्थामा एक फिलिपिनो नागरिकले देखेर तुरुन्त सम्बन्धित निकायमा लोकेशन सहित जानकारी गराएको थियो।

    कुवेत प्रहरीले त्यस स्थानमा आएर खोजतलास गर्दा फोहोर फाल्ने कन्टेनर भित्र नवजात शिशु फेला पारेको थियो । प्रहरीले ती नेपाली जोडीलाई पनि त्यही नजिकै फेला पारेको थियो । उनीहरु अवैधानिक रुपमा बसोबास गरिरहेको कारण यसरी बच्चा जन्माइ फालेको बुझिएको छ ।उनीहरुलाई थप अनुसन्धान भैरहेको छ । उक्त नेपाली जोडीको परिचय भने खुलाईएको छैन । यो समाचार अरब टाईम्स कुवेतमा छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology