नेपाली राजदुतावास ओमानको राजदुत डा.शर्मिला पराजुली ढकाललाई एनआरएनए ओमानले बिहिवार ३० सेप्टेम्बरको दिन इन्टरकन्टिनेन्टल होटल मस्कटमा एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।

कार्यक्रममा दूतावासका दृतिय सचिव सोमेश थापा, दूतावासमा कार्यरत कर्मचारी, एनआरएनए प्रवक्ता तथा उपाध्यक्षका प्रत्याशी डिबि क्षेत्री, कतार देखि आर .के शर्मा लगायत ओमानमा रहेका संघ सस्थाको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सुरेश खड्काले गरेका थिए ।

राजदुत डा.पराजुलीले विगत ४ वर्ष देखि राजदुतको कार्यभार समाल्दै आउनु भएको थियो ।

२०१७ मा ओमानको राजदुत नियुक्ति आउनु भएकी राजदुत ढकाललाई हालै मात्र सरकारले फिर्ता बोलाएको छ ।

सरकारले फिर्ता बोलाए संगै ओमानमा रहेका एनआरएनए ओमानले बिदाई कार्यक्रम राखेको थियो ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष विकल झाले अहिले सम्म राजदूत र राजदुतावासले गरेका कामको भिडियो क्लिप द्वारा देखाइएको थियो भने डा. पराजुलीलाई दोसल्ला खादा सहित सम्मान पत्र सहित मायाको चिनो अध्यक्ष विकल झाले हस्तान्तरण गर्नु भएको थियो ।

त्यस्तै : कार्यक्रममा नेपाली जनप्रगतिसिल मञ्च ओमनले पनि संस्थागत रुपमा डा. शर्मिला पराजुली ढकाललाई सम्मान पत्र र मायाको चिनो र खादा लगाई अध्यक्ष उमेश विश्वकर्मा र महासचिव पुर्ण विक पहाडीले आगामी दिनमा जहाँ रहेपनी नेपाल र नेपालीको लागि काम गर्नु हुनेछ भन्दै सम्मान गर्नु भएको थियो ।

अध्यक्ष उमेश विश्वकर्माले सम्मान पत्रमा लेखिएका सब्दहरु बाचन गरेर सुनाउनु भएको थियो । अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका अध्यक्ष सुशील बिरही पुनले कविता बाचन गरेर बिदाई गर्नु भएको थियो ।
भने बुद्ध भिजन, पालपाली समाज, मगर संघ लगायत विभिन्न सस्थाहरुले सम्मान सहित बिदाई गरेको थियो ।
तस्वीरहरु
