कुवेतमा एक नेपालीको हृदयघातका कारणका निधन भएको छ । तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भई रोजगारीको सिलसिलामा कुवेत गएका सरद परियारको कार्यस्थलमै निधनभएको हो ।
कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ । कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए । त्यस लगत्तै उनको निधन भएको सहकर्मीहरुले बताए ।
मृत'क परियारको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ । उनी रक्तचापबाट ग्रसित थिए । मृतकको घरमा दुइ छोरी, एक छोरा र श्रीमती छन् ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार 'मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार (आज) बेलुका कतार एयरलाइन्स मार्फत नेपाल पठाइन लागिएकोछ । मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ' ।