एनआरएनए आइसीसी महिला संयोजकमा उमा कार्की थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।
प्रवासमा हुने गैरआवासीय नेपालीहरू माझ उत्साही, एवम् निःस्वार्थी समाजसेवीको रुपमा परिचित कार्कीले आइसीसी महिला संयोजकमा उम्मेदवारी घोष्णा गरेकी हुन् ।
कर्मथलो अमेरिका भएता पनि उमाले नेपाल, नेपालमा रहेका नेपाली, अमेरिकामा रहेका नेपाली र अन्य मूलुकमा रहनुहुने प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै सकारात्मक छाप छोड्न सफल भएकी छिन् ।
यिनै परिचय र सबैको साथ अनि उत्प्रेरणा पाएर नै उमाले गैरआवासीय नेपाली संघको २०२१–२०२३ को लागि आइसीसी महिला संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुन् ।
‘ उम्मेदवारी घोषणा गर्दै उनले भनेकी छिन्, म एक्लै त के हो र ? यसमा त मलाई साथ र हात दिनेहरूकै मन बलियो भएका कारण यो उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।
उहाँहरुले तिमी अगाडि बढ़ भन्नुभयो, म बढेँ’। गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन् ।
यसैगरी एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकपनि भैसकेका छिन् ।
एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन् ।
अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा कार्की थापाले यो संस्थालाई चार वर्ष सफलताका साथ चलाएका थिइन् ।