Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए एनसीसी साउदीको निशुल्क स्वास्थ शिविर प्रती आरसीसी अल कासिमको आपत्ति

एनआरएनए एनसीसी साउदीको निशुल्क स्वास्थ शिविर प्रती आरसीसी अल कासिमको आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • ०८:३५:४६ बजे
  • 1.6K
    SHARES
  • एनआरएनए एनसीसी साउदीको निशुल्क स्वास्थ शिविर प्रती आरसीसी अल कासिमको आपत्ति

    अल कासिम/गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले भोलि शुक्रबार साउदीको अल कासिम बुरैदामा गर्न लागिएको निशुल्क स्वास्थ शिविर क्षेत्रीय समन्वय समिती अल कासिमलाई बिना जानकारी / समन्वय आयोजना गर्न लागेकोमा आपत्ति जनाएको छ।

    images

    क्षेत्रीय समन्वय समिती आरसीसी अल कासिम एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक लक्ष्यित उक्त कार्यक्रम हुनु राम्रो भए पनि उक्त क्षेत्रमा सक्रिय आफ्नै आरसीसीलाई एनसीसीले वेवास्था गर्नु दु:खद रहेको जनाएको छ।

    हेर्नुहोस क्षेत्रीय समन्वय समिती आरसीसी अल कासिमको प्रेस विज्ञप्ति !

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद साउदी अरेबियाले आगामी शुक्रबार 8 अक्टोबर 2021 मा अल कासिम स्थित बुरैदा अल सिफा हस्पिटलमा गर्ने भनिएको फ्री हेल्थ चेकअप कार्यक्रम सम्बन्धमा एनआरएनए साउदीको आफ्नो मातहतमा रहेको एनआरएनए आरसिसि अल कासीमसित कुनैपनि मौखिक या लिखित जानकारी तथा समन्वय बिनानै गर्न लागिएकोले उक्त कार्यक्रम प्रती हाम्रो घोर आपत्ती रहेको छ ।

    आरसिसि अल कासिमले स्थापना कालदेखि नै एनसिसी साउदी अरबको मातहत भित्र रहेर हजारौं श्रमिक सेवाहरु पुर्याउँदै अग्रपंक्तिमा रहेर कार्य गर्दै एक नमुना आरसिसिका रुपमा चिनाउँदै एनआरएनए एनसिसिलाई सफल तुल्याउन ठुलो योगदान दिदैं आइरहेको सर्बबिद्दितै छ ।

    एनआरएनए साउदी का अध्यक्ष डम्बर यादव ज्यु ले एनआरएनए आरसिसि अल कासीमका का.बा. अध्यक्ष कृष्ण अधिकारी सित फोन समन्वय गर्दै गर्दा का.बा. अध्यक्ष ज्यु ले कार्यक्रमको बारेमा बृस्तित रुपमा खाका उपलब्ध गराउन अनुरोध गर्दै आफ्नो आरसिसि टिमलाइ कार्यक्रम बारेमा जानकारी गराएर कार्यक्रम गराउन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे पनि एनसिसि अध्यक्ष ज्यु ले उक्त कुराको बृस्तित जानकारी उपलब्ध गराए बिना नै एनसिसि साउदी अरबको पेजबाट सूचना जारी गरिएको छ ।

    यहाँहरुलाइ स्मरण होला, पछिल्लो समयमा एनसिसिको अल कासिम भिजिटमा भएको छलफलमा अल कासिममा रहेका एनसिसिका उपाध्यक्ष भक्तवीर राइलाइ आरसिसि सित समन्वय र सहकार्य गर्न भनिएता पनि कुनै समन्वय सहकार्य नभएको र यो कार्यक्रम गर्ने बारेमा कुनै समन्वय नभएकोले पनि हामी यस कार्यक्रमबारे अनभिज्ञ रहेको र एक्कासि एनसिसि साउदी अरबले आफ्नो पेजबाट सुचना जारी गर्दै फ्री हेल्थ चेकअप कार्यक्रमका लागि एनआरएनका सामन्य सदस्य समेत नलिएकालाई केका आधारमा भोलिएन्टरको नाम लिस्टमा राखियो यस प्रती पनि हाम्रो एनआरएनए आरसिसि को घोर आपत्ति जनाउँदै यस्ता कार्यप्रती आगामी दिनहरूमा एनसिसि साउदी अरब सचेत रहन समेत अनुरोध गर्दछौं ।

    एनआरएनए आर सि सी अल कासिम यस्ता सामाजिक कार्यको लागि बिरोध हैन स्वागत गर्दै सहयोग गर्न आतुर छ साथै यस्ता कार्यक्रम गर्न एक्दमै सक्रिय र सक्षम रहेको साथै बिगतमा पनि धेरै पटक सेवा पुर्याएको र सदैब आगामी दिनहरुमा पनि निरन्तरता दिने नै छ । तर एनआरएनए आरसिसि अल कासिमलाइ गरिएको पछिल्लो गतिविधि हेर्दा एनसिसि साउदी अरबले आफ्नो आरसिसीलाइ साथ सपोर्ट गर्दै आफ्नो परिवारलाई छिन्नभिन्न हुनबाट रोक्ने, विधि बिधान नीति नियममा चल्नु पर्ने हाम्रो ठहर छ ।

    धन्यवाद

    गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिम

  • सम्बन्धित विषय:

  • # एनआरएनए एनसीसी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology