Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन

अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • ०९:२८:२३ बजे
  • 1.1K
    SHARES
  • अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन

    एजेन्सी । अन्तरिक्षमा पहिलोपटक चलचित्र छायाङ्कन भएको छ । चलचित्र छायाङ्कनको लागि रुसी अन्तरिक्ष टोली इन्टर्न्याश्नल स्पेस स्टेशन आईएसएस पुगेको हो ।

    images

    कलाकार र निर्देशक चढेको सोयुज एमएस १९ अन्तरिक्षयान कजकस्तानको बैकोनुरबाट उडेर तीन घण्टापछि आईएसएसमा पुगेको छ ।

    एन्टोन श्कापलेरोभको नेतृत्वमा योजना अनुसार नै मस्को समय ११:५५ मा यान प्रक्षेषण गरिएको थियो । उनीहरूलाई आईएसएसको रुसी क्षेत्रमा रहेका सात जनाले स्वागत गरेका थिए ।

    अन्तरिक्ष स्टेशनमा अवतरण गर्न भने अलिकति समय लागेको थियो। त्यसबेला स्वचालित अवतरण विफल भएपछि अन्तरिक्षयात्रीको नियन्त्रणमा डकिङ गर्नुपरेको थियो ।

    क्लिम शिपेन्कोले निर्देशन गर्ने चलचित्रको प्रमुख भूमिकामा ३७ वर्षीय युलिया पेरेसिल्ड छन् । श्कापलेरोभ थप केही दिन अन्तरिक्षमै बस्ने भए पनि निर्देशक र नायिका भने १२ दिन मात्र अन्तरिक्षमा बसेर चलचित्र छायाङ्कन गर्नेछन् ।

    शिपेन्कोको नायिका श्रीमती कार्पुनिनाका अनुसार निर्देशकले अन्तरिक्षमा जानुअघि १५ किलो तौल घटाएका थिए । चलचित्रमा पेरेसिल्ड एक अन्तरिक्षयात्रीलाई बचाउन पृथ्वीको कक्षमा पठाइएका मुटु चिकित्सकको भूमिकामा छन् ।

    दुई अन्तरिक्षयात्रीहरू ओलेग नोभिट्स्की र प्योटर डबरभले पनि चलचित्रमा अभिनय गर्नेछन् । चलचित्रको छायाङ्कन आईएसएसको रुसी क्षेत्रमा गरिने छ ।

    चलचित्रको लगानी रुसको च्यानल वान टेलिभिजनले गरेको छ। अमेरिकी कलाकार टम क्रुज र नासाले पनि त्यहाँ एउटा चलचित्र छायाङ्कन बनाउने योजना बनाइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # चलचित्र छायाङ्कन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology