Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओमान नेपाली एकता समाजको पुनर्गठन

ओमान नेपाली एकता समाजको पुनर्गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • १५:१४:१७ बजे
  • 1.4K
    SHARES
  • ओमान नेपाली एकता समाजको पुनर्गठन

    ओमन । ओमान नेपाली एकता समाजको पुनर्गठन गरिएको छ । हालै सम्पन्न समाजको केन्द्रीय समितिको बैठकले समिति पुनर्गठन गरेको हो ।

    images

    बैठकले महासचिव सोम तामाङ समाजको हित विपरितका गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरेको छ भने रिक्त महासचिव पदमा सालिकराम आचार्यलाई चयन गरिएको छ ।

    अध्यक्ष छबिलाल बस्नेतको अध्यक्षता तथा सचिव दीपक रम्तेलले सञ्चालनमा अघि बढेको बैठकले रक्तिम अभियान ओमानको अध्यक्षमा केन्द्रीय सदस्य यम पौडेललाई चयन गरेको छ ।

    यस्तै, भने धनु कुँवर, रिता चौधरी र गौतम श्रेष्ठलाई केन्द्रीय सदस्य तथा रमा बराइलीलाई वैकल्पिक केन्द्रीय सदस्यमा चयन गरेको छ ।

    बैठकमा ओमानमा रहेका नेपालीहरुको अवस्था र समाजले खेलेको भूमिकाबारे छलफल भएको समाजले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ओमान नेपाली एकता समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology