Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिका जान खोज्ने नेपालीसहित १२६आप्रवासीको ग्वाटेमालामा उद्धार

अमेरिका जान खोज्ने नेपालीसहित १२६आप्रवासीको ग्वाटेमालामा उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • ११:२७:४७ बजे
  • 1.1K
    SHARES
  • अमेरिका जान खोज्ने  नेपालीसहित १२६आप्रवासीको ग्वाटेमालामा उद्धार

    एजेन्सी । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ।

    images

    कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ।

    उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ। १२६ मध्ये १०० भन्दा बढी राजनीतिक सङ्कटमा फँसेको हेइटीका नागरिक छन्।

    नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ। उद्धारपश्चात् प्रतिक्रिया दिंदै एक प्रहरी प्रवक्ताले भने, ‘हामीले कन्टेनरबाट कराएको र भित्ता बजारेको आवाज सुन्यौँ।

    हामीले ढोका खोल्यौँ र आधिकारिक कागजात नभएका १२६ मानिस फेला पार्‍यौँ।’ अधिकारीहरूले ती आप्रवासीहरूलाई ग्वाटेमाला माइग्रेसन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजानु भन्दा पहिले प्राथमिक उपचार गरिएको बताएका थिए।

    ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन्।

    उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ। मेक्सिकोका सरकारी निकायहरूले ६५२ जना आप्रवासीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्ट यो घटना भएको हो।

    उक्त घटनामा ३५० जना बालबालिका सहितका मानिसहरू चिसो कायम राख्नका लागि रेफ्रिजेरेटर जडान गरिएको ट्रकमा अमेरिकाको दक्षिणी सीमा नजिकै फेला परेका थिए।

    सेनाको सुरक्षा जाँच स्थलमा आवाजहरू सुनिएपछि उनीहरूले ट्रक खोलेर हेरेको बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology