Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिहारपछि सबै विद्यालय पूर्ण रुपमा खुल्ने

तिहारपछि सबै विद्यालय पूर्ण रुपमा खुल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १०:०५:३० बजे
  • 940
    SHARES
  • तिहारपछि सबै विद्यालय पूर्ण रुपमा खुल्ने

    महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताइन् ।

    images

    नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिइन् ।

    अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उनको बुझाइ छ । उनले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाइन् ।

    “खोपका लागि स्वाथ्य मन्त्रालयसँग समन्वय भइरहेको छ । अब त खोप नै लगाएर पनि विद्यार्थीलाई प्रत्यक्ष विधिबाटै शिक्षा दिन जरुरी छ,” उनले भनिन्।

    महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या धेरै भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि कतिपय नीतिगत रूपमै परिवर्तन हुनुपर्ने तर त्यो नीति परिवर्तनका लागि बनेका विधेयक संसद्मै रोकिएको उनको भनाइ छ ।

    “नेकपा एमालेले संसद् अवरोध गर्दा कतिपय महत्वपूर्ण ऐन संशोधन हुन नसकेर रोकिएका छन्,” उनले भनिन् ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology