Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८३ मंगलवार • ०६:०३:३४ बजे
  • 334
    SHARES
  • एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    images

    बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो ।


    जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् ।

    त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।


    बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

    यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्यार्थी उत्तीर्ण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology