Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७८ बिहिवार • १०:२३:०९ बजे
  • 967
    SHARES
  • श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता

    एजेन्सी । श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको छ । विश्व्यापी रुपमा गरिएको एउटा बृहत अध्ययनले यस्तो देखाएको हो ।

    images

    चार दशक अर्थात सन् १९७३ देखि सन् २०१६ सम्म ४५ देशका दम्पत्तिमा गरिएका सो अध्ययनमा श्रीमानको तुलनामा श्रीमतीले थोरै आय आर्जन गर्ने देखाइएको हो ।

    वेंग्लोरस्थित सेन्टर फर पब्लिक पोलिसीका प्राध्यापक हेमा स्वामीनाथन र प्राध्यापक दीपक मलघानले विभिन्न देशका १८ देखि ६५ वर्ष उमेर समूहका २८ लाख ५० हजार मानिसको अध्ययन गरेका थिए ।

    गैर नाफामुखी संस्था लक्जम्वर्ग इन्कम स्टडी ९एलआईएस० ले तथ्यांक संकलन गरेको थियो । परम्परागत गरिबीलाई अनुमान गरेर गृहस्थीलाई इकाइमा गणना गरिएको थियो ।

    ‘गृहस्थीभित्र दम्पत्तिलले कमाएको आम्दानी समान वितरण गरिएको मानिन्छ । तर, सबैभन्दा ठूलो असमानता हुने स्थान गृहस्थी जीवन हो’, प्राध्यापक स्वामीले भने ।

    प्रतिवदेनले गृहस्थीलाई एउटा ब्ल्याक बक्सको रुपमा ब्याख्या गरेको छ । भारतको श्रम क्षेत्रमा लैंगिक बिभेद छ । सामान्यतया कार्यक्षेत्रमा महिलाको संख्या न्युन छ ।

    त्यस्तै फूलटाइम काम गर्ने महिलाको संख्या पनि नगण्य छ । अनुसन्धानकर्ताहरुका अनुसार विश्वभर धनी वा गरिब सबै गृहस्थीमा लैंगिक असमानता छ ।

    पुरुषले जत्तिकै कमाउने महिलाको हकमा पनि यस्तो असमानता देखिएको उनीहरुको निस्कर्ष छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमान र श्रीमती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology