Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अदुवाका फाइदा

यी हुन् अदुवाका फाइदा

यी हुन् अदुवाका फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • ०५:२४:१९ बजे
  • 2.6K
    SHARES
  • यी हुन् अदुवाका फाइदा
    अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा पूराउँछ सरीरमा जुन यसप्रकार छन् :

    · यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।
    · अदुवामा मधुमेह प्रतिरोधी गुण हुन्छ । अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।
    · विहानपख वाकवाकी लाग्ने समस्या भएकाहरुले अदुवाको सुठो चपाउनाले फाइदा गर्छ र उल्टी हुनबाट रोक्दछ । त्यसका साथै विभिन्न सर्जरी तथा क्यान्सरको केमोथेरापी गरेका विरामीमा आउने वाकवाकी तथा वान्ता रोक्न पनि अदुवा सहयोगी हुन्छ । अझ गर्भवती महिलालाई विहानपख आउने वाकवाकी नियन्णमा यो रामवाण नै सावित हुन्छ ।
    · यदि तपाइँलाई चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुहोस् । अदुवा पोलेर खानाले खोकीमा फाइदा गर्छ ।
    · छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ ।
    · धेरै थकान तथा कमजोरी महसुस हुने समस्या भएकाहरुका लागि पनि अदुवाको सेवनले राहत प्रदान गर्दछ ।
    · जिउको कुनै मांशपेशी दुखेको तथा सुन्निएको छ भने अदुवा त्यस्तो पीडा कम गर्न उपयोगी हुन्छ । यसलाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खानाले यसले मांशपेशीले दुखाइ विस्तारै कम गर्छ ।
    · बाथरोगी तथा जोर्नी दुख्ने समस्या भएकाहरुका लागि समेत अदुवाको सेवन लाभदायी हुन्छ ।
    · अपचको समस्या झेलिरहेका हरुका लागि पनि अदुवा निकै लाभदायी हुन्छ । अदुवाको धुलो नियमित रुपमा सेवन गर्नाले पाचन प्रक्रिया नियमित हुन्छ तथा राम्रोसँग दिसा हुन्छ ।
    · अदुवाको नियमित सेवनले विभिन्न खाले संक्रमण जस्तै गिँजाको संक्रमण तथा स्वासनलीको संक्रमणको जोखिम पनि कम गरिदिन्छ ।
    - अनलाइन खबर

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology