Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एलन मस्कले प्राविधिक कलेज खोल्ने

एलन मस्कले प्राविधिक कलेज खोल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ११:४६:४१ बजे
  • 889
    SHARES
  • एलन मस्कले प्राविधिक कलेज खोल्ने

    एजेन्सी । टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलन मस्कले अमेरिकामा नयाँ विश्वविद्यालय खोल्ने बताएका छन् । उनले टेक्सामा एउटा प्राविधिक विश्वविद्यालय खोल्न लागेको बताएका हुन् ।

    images

    उच्च शिक्षाविरुद्ध आफ्ना धारणा राख्दै आएका उनको पछिल्लो भनाई आफैमा बिरोधाभाषपूर्ण छ ।

    कतिपयले यसलाई जोकको रुपमा पनि लिएका छन् । तर, केहीले उनको विश्वविद्यालय खोल्ने योजना वास्तविक भएको बताएका छन् । आफूले खोल्ने विश्वविद्यालय सम्मानित हुने उनले बताएका छन् ।

    यसअघि मस्कले सन् २०१४ मा क्यालिफोर्नियाको स्पेस एक्स क्याम्पसमा एउटा विद्यालय खोलेका थिए । मस्कले औपचारिक अध्ययनलाई खासै महत्व दिँदैनन् । कलेजको पढाइलाई उनी ‘जोक’ मान्छन् ।

    ‘मलाई लाग्छ कलेज आधारभूत रूपमा रमाइलोका लागि हो । ’ यसअघि मस्कले भनेका थिए । आफूलाई कहिल्यै कलेज आवश्यक नपरेको र आफूलाई जे मन पर्छ त्यही पढेको उनको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # एलन मस्क
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology