Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौन सम्पर्क गर्दा कोरोनाबाट जोगिन मास्क लगाउन र चुम्बन नगर्न सुझाव

यौन सम्पर्क गर्दा कोरोनाबाट जोगिन मास्क लगाउन र चुम्बन नगर्न सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • १८:४३:३८ बजे
  • 1.6K
    SHARES
  • यौन सम्पर्क गर्दा कोरोनाबाट जोगिन  मास्क लगाउन र चुम्बन नगर्न सुझाव

    एजेन्सी । सन् २०१९ डिसेम्बरबाट फैलन शुरु भएको कोरोना भाईरसले विश्वलाई नयाँ संकटमा पुर्याएको छ । यसले आर्थिक र मानवीय जीवनमाथि ठूलो चुनौती दिईरहेको छ ।
    यस्तो बेला मानिसका दिनचर्या, जीवन शैली अनेक फेरिएका छन् । मानिसको जीवन शैली अन्तर्गत यौन जीवन पनि कुन न कुनै रुपमा जोडिन्छ ।


    हालै बेलायतको एक च्यारीटीले कोरोना भाईरस फैलन नदिन यौन सम्पर्क गर्दा मास्क लगाउन र चुम्बन नगर्न सुझाव दिएको छ ।
    साथै सो च्यारीटीले यौन सम्पर्क गर्नु अघि र यौन सम्पर्क गरीसके पछि २० सेकेण्ड मिचि मिचि हात धुन पनि सिफारीस गरेको छ ।
    द टेरेस हिगिन्स ट्रष्टले यो अध्ययन र सुझाव जारी गरेको हो । यो बेलायतको एचआईभी तथा यौन स्वास्थ्यका बारेमा काम गर्दै आएको प्रमुख संस्था हो ।

    च्यारीटीका मेडिकल डाईरेक्टर डा. मिचेल ब्रेडीले यौन महत्वपूर्ण पाटो भएको भन्दै यसलाई त्याग्न नसकिने बरु सुरक्षित बनाउनु पर्ने बताए ।

    images

    स्रोतः डेलीमेल

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology