Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मधुमेहले शरीरका कुन अंगलाई बढी प्रभावित पार्छ भन्ने बारे जानकारी लिऔं

मधुमेहले शरीरका कुन अंगलाई बढी प्रभावित पार्छ भन्ने बारे जानकारी लिऔं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १९:१०:४८ बजे
  • 2.1K
    SHARES
  • मधुमेहले शरीरका कुन अंगलाई बढी प्रभावित पार्छ भन्ने बारे जानकारी लिऔं

    मधुमेहले युवा वर्गलाई नै आफ्नो शिकार बनाउन थालेको छ । हाई ब्लड सुगरको यो रोग यदि अनियन्त्रित भएको खण्डमा मानिसको मृत्युसमेत हुनसक्छ ।

    images

    डाक्टरका अनुसार स्वस्थ जीवनशैली अपनाएर मधुमेहबाट बच्न सकिन्छ । सही समयमा ध्यान नदिँदा यसको गम्भीर परिणाम पनि हुनसक्छ ।  मधुमेहप्रति मानिसलाई जागरुक गर्नका लागि हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ ।

    यो मौकामा मधुमेहले शरीरका कुन अंगलाई बढी प्रभावित पार्छ भन्ने बारे जानकारी लिऔं ।


    अन्धोपनको शिकारः


    टाइप टु मधुमेहका बिरामीले धमिलो देख्न थाल्छन् । मधुमेहले तपाईंको आँखाका स–साना रक्त कोसिकामा क्षती पुर्याउन सक्छ । यसमा ग्लूकोमा, मोतिबिन्दु र डायबिटिक रेटिनोपेथीको खतरा बढ्ने गर्छ । यी सबैले एक समयपछि आँखालाई असाध्यै कमजोर बनाउने गर्छ ।


    नसामा क्षतीः


    यदि तपाईंलाई टाइप टु मधुमेह छ भने नसामा क्षती र डायबिटिक न्यूरोपेथीको खतरा थप बढ्ने गर्छ । यसले तपाईंको हात र खुट्टामा असर पार्ने गर्छ । यसको लक्षण हातखुट्टा झमझम हुने, पोल्ने, दुख्ने, आँखाको समस्या र कमजोरी हुन् ।

    मुटुमा क्षतीः

    यदि तपाईंले मधुमेहलाई नियन्त्रण गर्नु भएन भने उच्च रक्तचाप र मुटुरोगको खतरा बढ्ने गर्छ । यदि तपाईं टाइप टु मधुमेहबाट पीडित हुनुहुन्छ भने कम सोडियमयुक्त खानेकुराको सेवन गर्नुहोस् र नियमित रुपमा आफ्नो रक्तचाप परीक्षण गर्नुहोस् ।

    खुट्टाको अल्सरः

    नसा र रक्त सञ्चार खराब भएपछि खुट्टामा अल्सरजस्तो समस्या हुनसक्छ । खुट्टाको अल्सर कहिलेकाँही संक्रमित पनि हुनसक्छ । खुट्टाको अल्सरबाट जोगिनका लागि मधुमेहका रोगीले आफ्नो खुट्टालाई सफा र सुख्खा राख्नुपर्छ । आरामदायी र हल्का मोजा लगाउनुपर्छ । खुट्टामा कुनै प्रकारको घाउ देखिए तुरुन्त आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

    मृगौला खराबः

    रगतमा चिनीको मात्रा बढ्दाको सीधा असर मृगौलामा पर्छ । यसले मृगौलाको फिल्टर गर्ने क्षमतालाई प्रभावित पार्छ । यसैकारण मधुमेहका बिरामीले ब्लड सुगर नियन्त्रण गर्न अत्यावश्यक हुन्छ । यसका लागि तपाईंले आफ्नो खानपानमा असाध्यै ध्यान दिन आवश्यक छ ।

    मुखसँग सम्बन्धित रोगः

    टाइप टु मधुमेहलाई नियन्त्रण गरिएन भने तपाईंको मुखको स्वास्थ्य पनि खराब हुन्छ । यो स्थितिमा तपाईंका ती रक्त कोसिकामा क्षती पुग्छ जसका कारण तपाईंको दाँत र गिजामा समस्या देखिन्छ । यसले दाँत र गिजाको संक्रमण बढाउँछ । त्यसैले तपाईंले आफ्नो मुखलाई सधैभरी सफा सुग्घर राख्नुहोस् ।  

  • सम्बन्धित विषय:

  • # मधुमेह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology