Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कारोना भाइरसको कारण अचानक मृत्यु हुन थाल्यो,अनुसन्धानकर्ताले पत्ता लगाए नयाँ नयाँ तथ्यहरु

कारोना भाइरसको कारण अचानक मृत्यु हुन थाल्यो,अनुसन्धानकर्ताले पत्ता लगाए नयाँ नयाँ तथ्यहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७७ शुक्रवार • २०:०३:३७ बजे
  • 2.6K
    SHARES
  • कारोना भाइरसको कारण अचानक मृत्यु हुन थाल्यो,अनुसन्धानकर्ताले पत्ता लगाए नयाँ नयाँ तथ्यहरु

    एजेन्सी । कोरोना भाइरस नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा लगातर डाक्टर तथा वैज्ञानिक अनुसन्धानमा जुटेका छन् । त्यसकै आधारमा कोरोना भाइरसका नयाँ नयाँ तथ्यहरु उजागर भइरहेको छ ।

    images
    कोरोना भाइरसको बिषयमा भारतका डाक्टर तथा अनुसन्धानकर्ताले नयाँ खुलासा गरेका छन् । कारोना भाइरसले शरीरमा नसामा ब्लड कलटिङ (जम्ने समस्या) बनाउने गर्दछ । जुन समस्याका कारण मानिसको अचानक मृत्यु हुने अनुसन्धानकर्ता डा.वेद प्रकाशले बताए । उनी पलमोनरी एण्ड क्रिटिकल केयर मेडिसिनका चिकित्सक हुन् ।

    डा. वेद प्रसादका अनुसार कोरोना भाइरसका कारण नसामा रगत जम्ने समस्या धेरैलाई देखिन्छ । नसामै रगत जमेपछि अक्सिजन जाने बाटो पूर्णरुपमा बन्द हुन्छ । त्यसैले एक्कासी बिरामीको मृत्यु हुने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

    कोरोना भाइरसका बिरामीमा अन्य बिरामीमा रक्त सञ्चारमा समस्या आउँछ। कोरोना भाइसरका बिरामीमा मात्र यो समस्या किन हुन्छ भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

     

    नसामै रगत जम्ने समस्याका विषयमा संसारका धेरै वैज्ञानिक तथा चिकित्सकहरु अनुसन्धानमा जुटेका छन् ।

    एक्स–रे र सिटी स्क्यानमा पनि रगत जम्ने समस्या छ कि छैन भनेर हेर्न सकिन्छ । फोक्सोको मात्र नभएर अन्य क्षेत्रको नसामा पनि ब्लड जम्ने खालको समस्या हुन्छ । बेलायती वैज्ञानिकहरुको अध्ययनले पनि अचानक मृत्यु हुनुको कारण नसामा रगत जम्ने समस्याले भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology