Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान

विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • ११:२३:०२ बजे
  • 709
    SHARES
  • विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान

    एजेन्सी । बेलायतको रोल्स–रोयस कम्पनीले विश्वमै सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविश्कार गरेको दाबी गरेको छ । स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स–रोयसले दाबी गरेको हो ।

    images

    विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको भनाई छ । एक साताअघि कम्पनीले विमानको परीक्षण उडान सम्पन्न गरेको थियो ।

    तीन किलोमिटर उड्दा विमानको गति ५५५ दशमलब ९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२ दशमलब १ किलोमिटर प्रतिघण्टा पुगेको कम्पनीले जनाएको छ ।

    २०२ सेकन्डमा ३,००० मिटरको उचाइमा पुगेर स्पिरिट अफ इनोभेसनले सबैभन्दा चाँडै सो उचाइमा पुग्ने रकेर्ड बनाएको बताइएको छ । विमान आविश्कार एउटा आश्चर्यजनक उपलब्धि भएको कम्पनीका निर्देशक फिल ओडेलले बताएका छन् ।

    यसअघि सन् २०१७ मो जिमन्स विमान कम्पनीले निर्माण गरेको एक्स्ट्रा ३३० एरोब्याटिक विमान ४१० किलोमिटर प्रतिघण्टाको गतिमा उडेको थियो ।

    रोल्स–रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्सन ब्याट्री प्याक’ प्रभावकारी भएको दाबी गरेको छ । बेलायतको एरोस्पेस टेक्नोलोजी इन्स्टिच्युटले विमान निर्माणका लागि ५० प्रतिशत रकम अनुदान दिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology