Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनाव कम गर्न र अंगहरुको मर्मतका लागि खानैपर्ने खानेकुराहरु.....

तनाव कम गर्न र अंगहरुको मर्मतका लागि खानैपर्ने खानेकुराहरु.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७८ बिहिवार • १६:५४:२७ बजे
  • 1.6K
    SHARES
  • तनाव कम गर्न र अंगहरुको मर्मतका लागि खानैपर्ने खानेकुराहरु.....

    स्वस्थ खानेकुरा स्वादिष्ट मात्र होइन, पोषक तत्वले भरिपूर्ण हुने भएकाले शरीरले गर्ने कार्यलाई पनि सही बनाउँछ । यसले बिग्रिएको डिएनएलाई फेरि मर्मत गर्छ । यसले अंगको कार्यक्षमतालाई नै तन्दुरुस्त बनाउँछ । तनाव कम गर्न र मस्तिष्कको कार्यलाई सही बनाउन स्वस्थकर खाना खान आवश्यक छ ।

    images

    होलिस्टिक लाइफस्टाइल एण्ड वेलनेस कोच ल्यूक कौटिन्होका अनुसार स्वस्थकर खानेकुराले हाम्रो शरीरको भित्रि अंगहरुलाई मर्मत गर्ने र डिएनए हेल्थलाई सन्तुलनमा राखेर क्रोनिक र जेनेटिक रोगहरुबाट बचाउँछ । यसले इन्फ्लेमेशनको जोखिम कम गर्छ । र, सम्पूर्ण स्वास्थ्यलाई सहायता गर्ने र रोगप्रतिरोधी क्षमता सुधार गर्छ । 


    अनार
    अनारमा गुणकारी तत्वहरु पाइने भएकाले यसलाई स्वस्थकर खानेकुराको रुपमा लिइन्छ । रातो रंगको हुने यो फलमा भिटामिन सी, आइरन, ओमेगा–३ फ्याटी एसिड, फोलेट, पोटाशियम र भिटामिन–के को सही स्रोत हो । अनार मुटु रोगका लागि फाइदाजनक मानिन्छ । यसले क्यान्सर, आर्थराइटिस र कुनै पनि इन्फ्लेमेटरी कन्डिशनको खतरा पनि कम गर्छ । यसमा हुने एन्टि–एजिङ पदार्थले छालाको अवस्थालाई सही बनाउँछ ।

    नरिवलको तेल
    नरिवलको तेल खाना बनाउँदा पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरलाई विभिन्न प्रकारका फाइदाहरु गर्ने गर्छ । नरिवलको तेलमा हुने एन्टिमाइक्रोबियल र एन्टिअक्सिडेन्ट प्रोपर्टीजले हाम्रो छालाको अवस्थालाई र मुखको स्वास्थ्य अवस्थालाई फाइदा गर्छ । यसले तौल नियन्त्रण गर्न पनि मद्दत गर्छ । छालामा हुने एलर्जीबाट पनि बचाउँछ । यसको सेवनले लामो समयसम्म भोक लाग्दैन । 


    च्याउ 
    लामो र स्वस्थकर जीवनका लागि च्याउलाई एकदमै फाइदाजनक तरकारीको रुपमा लिइन्छ । च्याउलाई क्यालोरी, फाइबर र प्रोटिनको सही स्रोत मानिन्छ । यसले छाला, मुटु, जोर्नी र धेरै प्रकारका अंगहरुसँग जोडिएको रोगबाट बचाउँछ । यसले क्यान्सर, मुटुरोग, मधुमेह जस्ता रोगहरुबाट बचाउँछ । 


    बेसार
    बेसारको उपयोग सबैको भान्सामा अनिवार्य प्रयोगमा आइरहेको हुन्छ । बेसारमा करम्यूमिन नामक सक्रिय कम्पाउन्डमा एन्टिइन्फ्लामेटरी र एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । यो छालासँग, मुटुसँग र जोर्नीसँग जोडिएको हुन्छ । डाक्टरका अनुसार बेसार क्यान्सर, अल्जाइमर, डिप्रेशन र आर्थराइटिस जस्ता रोगहरुमा फाइदा गर्छ । यसलाई दूधसँग सेवन गर्न सकिन्छ । 


    ग्रिन टी
    ग्रिन टी रिफ्रेसिङ र हाइड्रेटिङ पेय पदार्थ मात्र होइन । यसमा भरपुर मात्रामा ड्रिंक इनफ्लेमेशन र क्यान्सर जस्ता रोगहरुसँग लड्न मद्दतगार मानिन्छ । ग्रिन टीले मेटाबोलिज्म बढेर फ्याट घटाउन काम गर्छ र यसले रेडिकल बिग्रिएको कोशिकाहरुबाट बचाउँछ । 

  • सम्बन्धित विषय:

  • # अंगहरुको मर्मतका लागि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology