Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लाग्यो :चिनियाँ वैज्ञानिक

सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लाग्यो :चिनियाँ वैज्ञानिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १६:४५:१९ बजे
  • 1.0K
    SHARES
  • सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लाग्यो :चिनियाँ वैज्ञानिक

    चीनले कोरोना भाइरस (कोभिड-१९) भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको छ । चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका हुन् ।

    images

    आरटी डटकमका अनुसार ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको हो ।

    चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको हो । अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्ने उल्लेख छ ।

    चिनियाँ वैज्ञानिकको दाबी अनुसरा ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चिन्ताको विषय बनेका उत्परिवर्तित भेरियन्टविरुद्ध प्रभावकारी रुपमा काम गर्ने उल्लेख छ । मानव कोष प्रत्यारोपण गरिएका मुसामा भिभो परीक्षण गरिएको थियो ।

    ‘३५बी५’ एन्टिबडीले भारतमा भेटिएको निकै संक्रामक डेल्टा भेरियन्टविरुद्ध समेत काम गर्ने वैज्ञानिकले बताएको समाचारमा उल्लेख छ ।

    ‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप (एन्टिबडी जोडिने एन्टिजेन अणुको भाग)माथि हमला गर्दै ३५बी५ एन्टिबडीले कोभिड-१९ लाई सखाप पार्छ’, अध्ययनमा भनिएको छ ।

    अर्थात् अर्को शब्दमा भन्दा यो एन्टिबडीले उत्परिवर्तन प्रक्रियाका क्रममा कुनै फेरबदल नहुने भाइरसको विशिष्ट भागलाई निशाना बनाउने क्षमता प्रदर्शन गरेको छ ।

    चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ एन्टिबडीले निशाना बनाउने एन्टिजेन हालै पहिचान गरिएको ओमिक्रोन भेरियन्टमा पनि रहेको अनुसन्धानकर्ताको भनाइ छ ।त्यस्तै, वैज्ञानिकहरूले पछिल्लो अनुसन्धानको निष्कर्षलाई कोभिड-१९ विरुद्ध सर्वव्यापी खोप विकासमा उपयोग गर्न गर्न सकिने उनीहरुको तर्क छ ।

    चिनियाँ वैज्ञानिको पछिल्लो अनुसन्धानले विशेषगरी उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिइरहेको अवस्थामा महत्व राख्ने जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology