Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कक्षा १२ को परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी

कक्षा १२ को परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • ०८:४२:०१ बजे
  • 1.0K
    SHARES
  • कक्षा १२ को परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डको आज बैठक बस्दैछ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीका लागि आज बोर्डको बैठक बस्न लागेको हो ।

    images

    परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक–दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

    बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गर्न पनि सक्ने सम्भावना रहेको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो । परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

    कोरोना सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो । त्यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीहरुका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।

    परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # कक्षा १२ को परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology