Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१० वर्ष काम गरेका करार शिक्षकलाई स्वत स्थायी गर्ने

१० वर्ष काम गरेका करार शिक्षकलाई स्वत स्थायी गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • ०८:४४:१७ बजे
  • 811
    SHARES
  • १० वर्ष काम गरेका करार शिक्षकलाई स्वत स्थायी गर्ने

    त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ ।

    images

    शैक्षिक योग्यता र कार्य दक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको दबाबमा त्रिविले १ हजारभन्दा बढी आंशिक शिक्षकलाई स्थायी गर्ने प्रक्रिया शुरु गर्ने तयारी गरेको छ ।

    चार दिनअघि सम्पन्न सिनेट बैठकले लामो समयसम्म अस्थायी वा करार सेवामा रही विश्वविद्यालयको सेवामा संलग्न रहेका शिक्षक र कर्मचारीले प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था गर्न त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम–२०५० परिच्छेद २ नियम ६ बमोजिम संशोधन प्रस्ताव पारित गरेको छ ।

    प्रस्तावमा त्रिविले आंशिक र करार शिक्षकको पदपूर्ति गर्न उनीहरूकै सेटिङको आधारमा कार्यविधि तयार गरी स्थायी गर्ने षड्यन्त्र शुरु गरेको आरोप त्रिविकै अधिकारीहरूले लगाएका छन् ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology