Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भइन्

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भइन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७८ शुक्रवार • १६:४५:५३ बजे
  • 1.0K
    SHARES
  • नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भइन्

    नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन् ।

    ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’ गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

    ‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’

    किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology