Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिलो भ्याक्सिन

कानसिनो भ्याक्सिनले चीनमा दर्ता गरायो पेटेन्ट अधिकार,चीनबाट पेटेन्ट पाउने पहिलो भ्याक्सिन

कानसिनो भ्याक्सिनले चीनमा दर्ता गरायो पेटेन्ट अधिकार,चीनबाट पेटेन्ट पाउने पहिलो भ्याक्सिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • १६:१७:०६ बजे
  • 1.4K
    SHARES
  • कानसिनो भ्याक्सिनले चीनमा दर्ता गरायो पेटेन्ट अधिकार,चीनबाट पेटेन्ट पाउने पहिलो भ्याक्सिन

    एजेन्सी । चीनको भ्याक्सिन विशेषज्ञ कानसिनो बायोलोजिक्स इन्कले आफूले तयार गरेको भ्याक्सिन 'एडी फाइभ एनकोभ'को पेटेन्ट दर्ता गरेको छ । चिनियाँ सञ्चारमाध्यमले बौद्धिक सम्पत्ति नियामक निकायको दस्तावेजलाई उधृत गर्दै कानसिनोले पेटेन्ट अधिकार लिएको जनाएका छन् ।

    images
     

    पिपुल्स डेलीका अनुसार कानसिनो चीनबाट पेटेन्ट पाउने पहिलो भ्याक्सिन बनेको छ । पिपुल्स डेलीमा प्रकाशित समाचारमा चिनियाँ राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनको दस्तावेजहरुको हवाला दिएर अगष्ट ११ मा नै कानसिनोको भ्याक्सिनले चीनमा पेटेन्ट दर्ता गराएको उल्लेख छ ।

     

    दोस्रो चरणको परीक्षण सकिएको उक्त भ्याक्सिनको तेस्रो चरणको परीक्षणका लागि साउदी अरबमा हुन गइरहेको छ । यस्तै रुस, ब्राजिल र चिलीमा पनि परीक्षणका लागि कुराकानी भइरहेको बताइएको छ । पेटेन्ट दर्तापछि कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology