Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एसईई परीक्षा

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • १९:१७:३० बजे
  • 1.8K
    SHARES
  • एसईईको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय हो । ४ लाख ८२ हजार परीक्षार्थीहरुले एसईई परीक्षाका लागि आवेदन फारम भरेका थिए । विद्यालयले पठाएको नतिजा रुजु गरेर नतिजा सार्वजनिक गरेको बताइएको छ ।

    images
     

    बोर्डले चार लाख ७२ हजार ७८ जना परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो । करिब १० हजार जनाको परीक्षा भने रद्द भएको बताइएको छ ।

    विद्यालयका प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले विद्यार्थीहरूको मूल्यांकन गरेको थियाे।

    गत चैत ६ गतेका लागि निर्धारित एसईई परीक्षा कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको हाे । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हाे।

  • सम्बन्धित विषय:

  • # शिक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology