Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्राविधिक शिक्षा : १५ नर्सिङ कलेजको भर्ना रोकियो

प्राविधिक शिक्षा : १५ नर्सिङ कलेजको भर्ना रोकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०७८ बिहिवार • ०८:३६:०९ बजे
  • 706
    SHARES
  • प्राविधिक शिक्षा : १५ नर्सिङ कलेजको भर्ना रोकियो

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ ।

    images

    चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने भएकाले चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको बैठकबाट शैक्षिकसत्र २०७७–०७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने नगराउने निर्णय भई उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालयमार्फत जानकारी गराइसकिएको अवस्थामा भर्ना लिन नमिल्ने उल्लेख गर्दै पठाएको थियो ।

    सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, स्तर निर्धारण महाशाखाको अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेको थियो ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नर्सिङ कलेज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology