Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना बिरुद्ध भ्याक्सिन

कोरोना बिरुद्ध भ्याक्सिन डिसेम्बरबाट बजारमा आउदै,भ्याक्सिनको मुल्य १७ हजार भन्दा बढी

कोरोना बिरुद्ध भ्याक्सिन डिसेम्बरबाट बजारमा आउदै,भ्याक्सिनको मुल्य १७ हजार भन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १८:११:०३ बजे
  • 1.8K
    SHARES
  • कोरोना बिरुद्ध भ्याक्सिन डिसेम्बरबाट बजारमा आउदै,भ्याक्सिनको मुल्य १७ हजार भन्दा बढी
    एजेन्सी । चीनले कोरोना बिरुद्ध उत्पादन गरेको भ्याक्सिन आगामी डिसेम्बरबाट बजारमा आउने भएको छ ।

    ग्लोबल टाईम्सका अनुसार डिसेम्बर अन्त्य सम्ममा बजारमा आम मानिसका लागि आउने यो भ्याक्सिनको बजार मुल्य समेत तय भएको छ ।

    जस अनुसार करीब एक हजार चीनीया युआन तय भएको छ । जस अनुसार दुई डोज भ्याक्सिन नेपालीले खरीद गर्दा १७ हजार भन्दा बढी पर्ने देखिएको छ ।

    बजारमा आईसके पछि यसको मुल्य अझ कम हुने अनुमान गरिएको छ ।
    चीनको राष्ट्रिय फर्माक्युलिष्ट ग्रुप ( सिनोफार्म) का अध्यक्ष लियु जिंग जेनले तेस्रो चरणको ट्रायल चलिरहेको र त्यस पछि भ्याक्सिनको बजारको समिक्षा हुने बताए ।

    उनले शहरमा बस्ने युवा र विद्यार्थीहरुका लागि भ्याक्सिन जरुरी रहेको तर ग्रामिण क्षेत्रमा कम आवादी रहेको क्षेत्रमा भ्याक्सिन आवस्यक नरहेको बताए । लियु स्वयंले यो भ्याक्सिनको एक डोज लिएका छन् ।

    चीनीया भ्याक्सिनले पेटेन्ट अधिकार प्राप्त गरीसकेको छ । यस अघि नै रुसले उत्पादन गरेको भ्याक्सिन बजारमा उपलव्ध भईसक्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology