Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शिक्षाको नाममा मुलुकबाट ३ वर्षमा १ खर्ब रकम बाहिरियो

शिक्षाको नाममा मुलुकबाट ३ वर्षमा १ खर्ब रकम बाहिरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • ०८:४८:५९ बजे
  • 820
    SHARES
  • शिक्षाको नाममा मुलुकबाट ३ वर्षमा १ खर्ब रकम बाहिरियो

    अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ ।

    images

    यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर (एनओसी) महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष (२०६५ देखि २०७८) मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन् ।

    यो अवधिमा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक वर्ष २०७५ ७६ मा सबैभन्दा धेरै विद्यार्थी गएको देखिन्छ । सो आर्थिक वर्षमा ५३ हजार २ सय ५९ विद्यार्थीले एनओसी लिएको प्रमुख पोखरेलले जनाए ।

    याे खबर आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षाको नाममा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology