Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिहान खाली पेटमा तातो पानी पिउनुको यस्ता छन् फाइदै फाइदा

बिहान खाली पेटमा तातो पानी पिउनुको यस्ता छन् फाइदै फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७८ बुधवार • ११:४१:५६ बजे
  • 898
    SHARES
  • बिहान खाली पेटमा तातो पानी पिउनुको यस्ता छन् फाइदै फाइदा

    धेरैजसो मानिस बिहान उठेपछि दिनको सुरुवातक लागि  तातो कफी या चियाँ पिउछन् । कोही बिहान उठेपछि खाली पेटमा पानी पिउन रुचाउँछन् । त्यो पनि सामान्य वा चिसो ।

    images

    आयुुर्वेदका अनुुसार बिहान खाली पेटमा तातो पानी पिउनुको थुप्रै फाइदा छन् । विशेषगरी चिसोमौसममा तातो पानी कयौ समस्याका लागि धेरै नै लाभदायक मानिन्छ ।


    जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ । तर तातो पानी पिउनाले डिहाइड्रेशनका अलावा कयौँ समस्याबाट बच्न सकिन्छ ।


    हेल्थ लाइनको एउटा रिपोर्ट अनुसार जाडो मौसममा तातो पानी पिउनुका फाइदा छन् जसले तपाईंलाई विभिन्न समस्यामा मद्दत गर्न सहयोग गर्नेछ ।


    के के छन् त तातो पानी पिउनुका फाइदाः


    १. राम्रो पाचन प्रणाली


    तातो पानी पिउनाले शरीरको मेटाबोलिजम राम्रो हुन्छ । जसले पाचन प्रणालीसँग रहेका कयौँ समस्या समाधान हुन्छ । यसले कब्जियत हटाउन पनि महत्वपूूर्ण भूमिका निर्वाह गर्छ ।

    २.दुब्लाउन सहयोगी :

    तातो पानीले हाम्रो मेटाबोलिजम प्रणालीलाई बुस्ट गर्छ । शरीरमा रहेको बोसो पगाल्न सहयोग गर्छ । बोसो वास्तविक मोटोपनामा वास्तविक रुपमै जिम्मेवार रहँदै आएको छ । मोटोपना नियन्त्रण गर्नका लागि तातो पानी बढी फाइदाजनक छ ।

    ३.रक्त सञ्चार राम्रोः

    तातो पानीले रक्त नलिकाहरुलाई उत्तेजित गर्छ जसका कारण यो राम्रो हुने गर्छ । जाडोमा हाम्रो रक्त संचार गर्मीको तुलनामा बढी  हुने गर्छ । जाडोमा हाम्रो रक्त नलीहरु बढी खुुम्चिन्छ । तातो पानीले यी ब्लड भेसललाई पैmलाउने काम गर्छ । जसले जाडोमा पनि रक्त सञ्चार राम्रो हुने गर्छ ।

    ४. दुुखाईमा राहतः

    जाडो मौसममा कयौँ मानिसको मांशपेशीमा दुखाई हुने गर्छ । चिसोका कारण पुराना घाउ र जोर्नीमा दुखाईको समस्या हुने गर्छ । गर्मीको तुलनामा चिसोमा महिनावारीको अवधिमा पेटमा पनि बढी दुखाई हुने गर्छ । यस्तोमा तातो पानी पिउनाले राहत मिल्छ ।

    ५. नाक बन्द हुँदा राहतः

    चिसो मौसममा तातो पानीको बाफले नाक र घाँटीलाई आराम प्रदान गर्छ । बाफ लिँदा घाँटीमा जम्मा भएको बफ बाहिर निस्कने गर्छ । सास फेर्न समस्या भइरहेको छ भने पनि तातो पानीको बाफले राहत दिन्छ । चिसो मौसममा तातो पानीले खोकी, रुघा र संक्रमणबाट पनि जोगाउँछ ।

    ६.तनाव कम गर्छ :

    तातो पानी पिउनाले केन्द्रीय स्नायु प्रणालीको क्रियाकलाप राम्रो हुन्छ । जाडोमा तातो पानी पिउनाले तनाव कम हुन्छ र मुड पनि राम्रो हुन्छ । कम पानी पिउनाले मानिसको स्वभाव चिडचिडे हुन्छ । यसमा पनि तातो पानी पिउनुको फाइदै फाइदा छ ।

    ७. लगलगी काम्ने समस्यामा लाभदायकः

    कयौँ मानिसको चिसोका कारण शरीर थर्थरी काम्ने गर्छ ।  यसमा तातो पानी पिउनाले फाइदा पुुग्छ । जाडोमा केही अवधिको अन्तरालमा तातो पानी पिउनु पर्छ । यसले शरीरको तापमान नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

    ८. चमकदार छालाका लागि फाइदाजनकः

    दैनिक नियमित तातो पानी पिउनाले छाला मुलायम रहन्छ । यसले अनुहारमा रक्त संचारमा पनि सुुधार ल्याउँछ । तातो पानीको बाफले क्लिन्जरको जस्तो काम गर्छ । यसले छालाका प्वाललाई सफा गरेर, चम्किलो बनाउन मद्दत गर्छ ।

    ९. चिसोमा तातो पानीले नुहाउनका फाइदा पनि छन्ः

    तातो पानीले आराम दिन पनि मद्दत गर्छ जसका कारण मज्जाले निद्रा लाग्छ । यसले मांसपेशीमा राहत दिने काम पनि गर्छ । चिसो मौसममा तातो पानी पिउँदा शरीरको तापक्रम पनि बढ्छ । चिसो मौसममा बिहान तातो पानीले नुहाउँदा आनन्द प्राप्त हुन्छ ।

  • सम्बन्धित विषय:

  • # तातो पानी पिउनुको
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology