Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

संक्रमित बढेसँगै काेराेनाबाट मृत्यु हुनेको संख्या पनि बढ्यो

संक्रमित बढेसँगै काेराेनाबाट मृत्यु हुनेको संख्या पनि बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • ०८:३४:१६ बजे
  • 1.4K
    SHARES
  • संक्रमित बढेसँगै काेराेनाबाट मृत्यु हुनेको संख्या पनि बढ्यो
    नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन् । संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको छ ।


    पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष र तनहुँकी एक महिला छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । कुल संक्रमित मध्ये हालसम्म १७ हजार ५ सय ८० जना निको भइसकेका छन् । नागरिक दैनिकबाट

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology